CG Electronics
IME Life
NIMB

LG को ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशव्यापी विस्तार

NIMB
Himalayan Bank

 

काठमाडौं, असार २८ — नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको LG ले ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। काठमाडौंमा सम्पन्न राष्ट्रिय शुभारम्भपछि कम्पनीले इटहरी, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा चरणबद्ध रूपमा विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ।

LG Electronics Singapore र यसको नेपालस्थित आधिकारिक वितरक CG Electronics को सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर विकसित गरिएको Essential Series काठमाडौंस्थित विवान्ता होटलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

कम्पनीका अनुसार अभियानअन्तर्गत इटहरीमा असार १५, नारायणघाटमा असार १७, पोखरामा असार १९, बुटवलमा असार २१ तथा नेपालगञ्जमा असार २३ गते विशेष कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा उपभोक्ताले नयाँ उत्पादन प्रत्यक्ष अवलोकन गर्न, तिनका विशेषताबारे जानकारी लिन तथा आफ्ना आवश्यकताअनुसार उपयुक्त उपकरण छनोट गर्ने अवसर पाउनेछन्।

नयाँ Essential Series अन्तर्गत नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रूम एयर कन्डिसनर समावेश छन्।

डबल–डोर रेफ्रिजेरेटरमा Frost-Free Technology, Smart Mode तथा अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा ProShield Motor, BMC Cover, IPX4 प्रमाणित Water-Resistant Control Panel तथा Low-Pressure Fill Technology जस्ता सुविधा समावेश गरिएको छ, जसले कम पानीको चापमा पनि प्रभावकारी धुलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

ऊर्जा–दक्ष प्रविधिसहितको रूम एयर कन्डिसनरमा Cooling तथा Heating दुवै सुविधा उपलब्ध रहेको बताइएको छ। यसमा वातावरणमैत्री R32 Refrigerant प्रयोग गरिएको छ भने परम्परागत Non-Inverter एसीको तुलनामा कम विद्युत् खपत हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार LG Essential Series का उत्पादनहरूको बिक्री वितरण नेपालभर जुन २०२६ देखि सुरु हुनेछ। प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६९० रुपैयाँबाट सुरु हुनेछ। उत्पादनहरू देशभरका आधिकारिक LG ब्रान्ड शप, मल्टि-ब्रान्ड रिटेल आउटलेट तथा ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछन्।

CG Electronics, CG Corp Global अन्तर्गतको कम्पनी हो र नेपालमा LG उत्पादनहरूको आधिकारिक वितरकका रूपमा कार्यरत छ। कम्पनीले LG Electronics Singapore सँग चार दशकभन्दा लामो समयदेखि सहकार्य गर्दै आएको जनाएको छ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत खर्च र १६ खर्ब राजस्व लक्ष्य पूरा गर्न जुट्न आग्रह

सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन: ८० प्रतिशतभन्दा बढी पूँजीगत...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:२४

  काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...