CG Electronics
IME Life
NIMB

ज्योति लाईफ इन्स्योरेन्सले बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालयको उद्घाटन

NIMB
Himalayan Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालयको भौतिक पुर्वाधार स्तरोन्नती गरिएको छ । नेपालभर सात वटै प्रदेशका ७३ जिल्लामा शाखा तथा उपशाखा कार्यालय संचालन गरी जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त कार्यालयको विस्तार गरेको हो ।

नव निर्मित कार्यालयको उद्धघाटन बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बुटवलमा आयोजित एक कार्यक्रमका विच गरेका हुन् । कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेश स्थित सम्पुर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम हल, अभिकर्ताहरुको कार्यकक्ष, वैठक कक्ष लगायतका भौतिक पुर्वाधार थप गरिएको छ ।

 

कार्यालय उद्घाटन पश्चात आयोजित सम्बोधन कार्यक्रमका विशेष अतिथि बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा व्यवसाय तथा बीमा साक्षरता अभिवृद्धिमा अभिकर्ताहरुको भुमिका महत्वपुर्ण हुने भएकोले अभिकर्ताहरुले विशेष ध्यान दिएर कार्य गर्नु पर्ने राय व्यक्त गरे ।

प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा क्षेत्रको योगदानलाई सबैबाट कदर गर्ने वातावरण बनाउन धैरै काम गर्न बाँकी रहेको जानकारी गराउँदै यस क्षेत्रमा रहेका केही विकृती अन्त्य गर्नुपर्ने, कम्पनीहरुको पुँजीको आधार बलियो बनाउनु पर्ने, दाबी भुक्तानीलाइ सहज बनाउनु पर्ने, बीमाको राष्ट्रिय नीति बनाउनु पर्ने, कर्मचारी तथा अभिकर्ताहरुको कार्य क्षमता तथा सिप विकासको लागि खर्च बढाउनु पर्ने, नियमाकिय भुमिका बढाउनु पर्ने र तिनै तहका सरकारहरुसंग समन्वय गरी बीमालाइ दुरदराजमा रहेका गरिब तथा सिमान्तकृत नागरिकको पहुँचमा पु¥याउनुपर्ने विषयमा यस क्षेत्रमा लाग्ने सबैको ध्यानाकर्षण गराउँदै बीमा समितिले पनि यि सबै कार्यहरुको लागि तदारुकताका साथ कार्य गरिरहेको जानकारी गराए ।

कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले कम्पनीले सधैं सुशासन तथा सेवा प्रवाहलाइ प्राथमिकता दिएको जानकारी गराउँदै कार्यक्रमका प्रमुख अतिथि सुर्य प्रसाद सिलवाल, विशेष अतिथि राजुरमण पौडेल, सम्पुर्ण अभिकर्ता, बीमित, संचार क्षत्रका प्रतिनिधी, कर्मचारी लगायत सहभागि सबैलाइ हार्दिक धन्यवाद दिँदैे कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बुटवल प्रादेशिक कार्यालयबाट हालसम्म उल्लेख्य व्यवसायिक सफलता तथा उपलब्धी हासिल गरेको जानकारी गराउँदै सो उपलब्धी प्रति सबै अभिकर्ता, बीमित तथा कर्मचारीहरुलाई विशेष धन्यावाद दिँदै आगामि दिनमा सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन अझ विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष नन्द किशोर शर्मा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, उच्च व्यवस्थापनका कर्मचारी, प्रदेश प्रमुख, संचार क्षेत्रका प्रतिनिधी, बुटवल क्षेत्रका बीमित, वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर लगायत अन्य अभिकर्ता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा सविता ढकाल निर्वाचित

लायन्स क्लब अफ काठमाडौँ सिद्धार्थ इभरग्रिनको अध्यक्षमा...

वि.सं.२०८३ असार १८ बिहीवार १२:३४

  काठमाडौं। डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत क्रियाशील लायन्स क्लब अफ...

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य पुरस्कार

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डमा कांस्य...

वि.सं.२०८३ असार १८ बिहीवार १०:१३

  काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा...

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपालमा सार्वजनिक, ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०६

  काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ...

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य, भर्सन ४.५ जुलाई ९ मा सार्वजनिक हुने

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच ऐतिहासिक सहकार्य,...

वि.सं.२०८३ असार १८ बिहीवार १०:०३

  काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम पब्जी मोबाइलले आफ्नो आगामी...

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा कार्यक्रम आयोजना

याङ्गो राइडद्वारा ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५९

  काठमाडौं । याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको...

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण र बीमा क्षेत्रबीच छलफल

बजेटमा भएका बीमा सम्बन्धी व्यवस्था कार्यान्वयनबारे प्राधिकरण...

वि.सं.२०८३ असार १८ बिहीवार ०९:५७

  काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...