nic bank
Nmb bank
Machhapuchchhre Bank

यूनियन लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो ।

उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्ने र बीमितहरुलाई बोनसदरमा राम्रो प्रतिफल दिने गरी कम्पनीलाई अघि बढाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यस्तै, आ.व २०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी सो सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखा परीक्षकको नियक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा कम्पनी ऐन बमोजिम एकाउन्टेण्टस् पून : नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले संचालकतर्फ संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई संचालकहरु गरी ६ जना संचालकहरु निर्विरोध निर्वाचन समेत गरेको छ । साथै प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पुनः नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य जीवन बीमा कम्पनी बिच एक आपसमा मर्ज हुने गाभ्ने गाभिने,प्राप्ती गर्ने गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण प्रक्रियागत प्रकृयाहरु अवलम्वन गरी मर्ज हुने कार्यको लागि संचालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

इन्स्योरेन्सले गत असार २४ गतेदेखि सर्वसाधारणहरुमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) जारी गरेको थियो । कम्पनीले आइपीओ जारी गरेको करिब एक वर्ष हुन लागेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली भएको छ ।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड...

वि.सं.२०८० चैत १५ बिहीवार १८:५९

  काठमाडौं । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई...

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा...

वि.सं.२०८० चैत १५ बिहीवार १८:३२

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले...