CG Electronics
IME Life
NIMB

संस्कृति इन्टरनेसनल स्कुलद्वारा सिकाइ सुधार सम्बन्धी २ दिने कार्यशाला सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधार सम्बन्धि २ दिने कार्यशाला सफलतापुर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो ।

कार्यशालाको पहिलो दिनमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने सुश्री सारा ब्ल्याकमोर र सुश्री रेशु अर्याल ढुंगाना दुवै दिन किनोट स्पिकरको रुपमा रहनुभएको थियो ।

कार्यशालाका सहभागिहरुले अन्तर्राष्ट्रिय पाठ्यक्रममा कार्यरत शिक्षकहरुद्वारा सञ्चालित विभिन्न कक्षागत अभ्यासहरु तथा उनीहरुको व्यवहारिक अनुभव मार्फत अन्तर्राष्ट्रिय शिशु शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय माध्यमिक शिक्षा पाठ्यक्रम सम्बन्धि विस्तृत रुपमा बुझ्ने जानकारी पाएका थिए ।

ज्ञान हासिल गर्न तथा नेपालभरका अन्य समकक्षी शिक्षकहरुसँग सञ्जाल विस्तार गर्नको लागि यो कार्यशाला अत्यन्तै सहयोगि रहेको सहभागि शिक्षकहरुले बताउनुभयो ।

यो कार्यशालामा थ्रीडि आई स्कुल नेपाल, अनम्याथ स्कुल र भाव– सोसियो इमोसनल लर्निङको पनि साथ रहेको थियो ।
२०२२ अक्टोबरमा हुन गईरहेको अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको प्री–कन्फ्रेन्स इभेन्टको रुपमा आयोजना गरिएको यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

बागमती प्रदेशका चिफ मिनिस्टर राजेन्द्र पाण्डे भन्नु भयो,“आहिले नयाँ प्राविधिक युगमा शिक्षाको अवधारणामा पनि परिवर्तन हुनु आवश्यक छ र मलाई खुसी लागेको छ यस्ता तालिम कार्यक्रमले शिक्षकहरुलाई अझ सक्षम बनाउन मद्दत गर्दछ । आउनुहोस् सामुदायिक विद्यालयको स्तरन्नोतीका लागि हामीसंग सहकार्य गर्नुहोस् । बागमती प्रदेशमा “१ विद्यालय, १ पालिका शिक्षा साझेदारी कार्यक्रम” गरौँ र केहि राम्रो उधाहरणीय कार्य गरौँ ” ।

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगबारे दक्षिण एसियाली क्षेत्रीय संवाद हुँदै

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगबारे दक्षिण एसियाली क्षेत्रीय...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:४४

  काठमाडौं । ब्रिटिस काउन्सिलले अंग्रेजी भाषा शिक्षणको भविष्य, सिर्जनशीलता,...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...