CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ ७ बिहीवार

skip this CURRENT

निर्वाचन यताका शेयरबजार झनै प्रभावित बन्दै ,साता कारोबारको अन्तिम दिन २४ अंकले ओरालो

NIMB
nepal medical
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजार २४ अंकले ओरालो लागेको छ । स्थानीय तहको निर्वाचन सकिने वित्तीकै शेयरबजार बढ्ने प्रक्षेपण गरिएतापनि निर्वाचन यताका दिनमा शेयरबजार झनै प्रभावित बन्दै गइरहेको छ ।

अघिल्लो दिन झिनो अंकले शेयरबजार बढेपनि कारोबार खासै सन्तोषजनक रहेको थिएन । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताको संख्या क्रमिक रुपमा थपिँदै गएपनि कारोबार २ अर्बभन्दा माथि उक्लिन सकेको छैन ।

आज नेप्सेमा सूचीकृत २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार ९९६ रुपैयाँको कारोबार भएको छ । नेप्से घटेसँगै शेयरको मात्रा र रकम समेत घट्न पुगेको छ ।

चुनाव सकिएर लगानीकर्ताहरुको उत्साह बढ्ने आकलन गरेपनि शेयरबजारमा देखिएको कारोबार रकमले लगानीकर्ताहरु सक्रिय रुपमा शेयर कारोबार नगरेको देखिएको छ । कारोबार खुम्चिए पनि केही कम्पनीहरुको भने आज उल्लेख्य खरिदबिक्री भएको छ ।

आज एक अर्बको कारोबार हुँदा सर्वाधिक प्रभु प्रोमोटरको भएको छ । सो कम्पनीको १२ करोड ८१ लाख ७९ हजार ९६२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया लघुवित्तको ५ करोड ७ लाख, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ९० लाख, अरुण काबेली पावरको ३ करोड १२ लाख र हिमालयन डिस्टिलरीको २ करोड ९६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर: आधुनिक जीवनशैलीलाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३८

  काठमाडौं । बदलिँदो जीवनशैलीसँगै आजका उपभोक्ताहरू घरायसी उपकरणमा केवल...

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक

भिभो वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:३६

  काठमाडौं, जेष्ठ ६, २०८३ – भिभोले नेपालमा आफ्नो वाई...

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २३:२४

काठमाडौं, नेपाल - १९ मे, २०२६ - डोङफेङ मोटरको एक...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३७

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड द्धारा व्यवस्थापन गरिएको ‘एलएस...

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू जेठ १४ सम्म जारी

फोनपोइन्ट्सको ‘२.२ उत्सव’मा उत्साहजनक सहभागिता, विशेष डिलहरू...

वि.सं.२०८३ जेठ ६ बुधवार २१:३३

  काठमाडौं । फोनपोइन्ट्स ले आफ्नो बहुप्रतिक्षित ‘२.२ उत्सव’ अन्तर्गत...