CG Electronics
IME Life
NIMB

आइएमई पेको र सेञ्चुरी कमर्सिअल बैंकवीच साझेदारी सम्झौता

NIMB
Himalayan Bank

 

काठमाडौँ । आइएमई पे र सेञ्चुरी कमर्सिअल बैंकवीच पार्ट्नर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौँैंमा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी श्री शंकर के.सिले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुबिधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्टाएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तिय संस्थाहरुसँग सो सम्झौता गरेको आइएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएका छ । आइएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुबिधा अनुसार सेञ्चुरी कमर्सिअल बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ ।

उपभोक्ताले सिधै आइएमई पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सिअल बैंकको खाताको ब्यालेन्स आइएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाएको छ ।

आइएमई पे :

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

 

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।
सेञ्चुरी कमर्सिअल बैंक

सन् २०११ मा स्थापना भएको सेञ्चुरी कमर्सिअल बैंक लिमिटेड नेपालमा सम्पूर्ण नागरिकहरुलाई नवीन सुचना तथा सञ्चार प्रविधीको माध्यमबाट सरल वित्तिय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सेञ्चुरी कमर्सिअल बैंकले नेपालभरी १३६ वटा शाखाहरू, १ सय १५ वटा एटिएम बुथहरू, २५ वटा शाखारहित बैंकिङ र १० विस्तारित काउन्टरहरुको मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई आफ्नो सुविधा प्रदान गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...