CG Electronics
IME Life
NIMB

शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा

NIMB
Himalayan Bank

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मि होम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ।

शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गतको होम सेक्युरिटी क्यामरा घरको सुरक्षाको निम्ति हो भने बाँकी दुई स्मार्ट वाचहरु हुन्।

लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पण्डाले भने, ‘हामी सधैँ सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु हाम्रो उपभोक्तामाझ ल्याउन प्रयासरत छौँ। हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरुको लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादनहरु दिन सकौँ।’

उक्त उत्पादनहरुबारे थप बोल्दै पण्डाले भने, ‘शाओमी एस् वान एक्टिभ फिट्नेस मा रुची राख्ने व्यक्तिहरुको लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १। ४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्ज को हाइ रिफ्रेस स्क्रिन रहेको छ।’

यसले चौबीसै घण्टा मुटुको चाल रेकर्ड गर्नुको साथै अन्य ११७ वटा फिट्नेस मोडहरु पनि रहेको कम्पनीले जनाएको छ।

 


नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्टवाच वाटर प्रुफ पनि छ। खेलप्रेमीहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यो स्मार्टवाच हलुका हुनुको साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जसले गर्दा ठेगानाहरु छिटो र सही रुपमा ट्रयाक हुन्छ।

यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबीसै घण्टा मुटुको चाल पनि रेकर्ड। वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन्।

त्यस्तै मि होम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ। यी क्यामराहरुले ३६० एंगलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्। जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाइन्छ।

साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचर ले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ। यसमा ३२ जीबीसम्मको स्टोरेज छ र यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ।

 

शाओमी एस वान एक्टिभ स्मार्ट वाचको मूल्य नेपाली रुपैयाँ २२ हजार ९९९ रहेको छ भने रेडमी स्मार्ट ब्याण्ड प्रोको मूल्य ६ हजार १९९ रहेको छ । त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजार ४९९ रहेको छ र यी तीनवटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन्।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...