CG Electronics
IME Life
NIMB

मुक्तिनाथ विकास बैंकले ८ शाखा मार्फत बैंकिङ्ग सुबिधा दिने

NIMB
Himalayan Bank

 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आइतबार सार्वजनिक बिदाको दिन पनि आफ्नो सीमित शाखा कार्यालयबाट बैंकिङ सुबिधा दिने भएको छ ।

नेपाल सरकारले जेठदेखि लागूहुनेगरि साताको दुईदिन ९शनिवार र आइतवार० सार्वजनिक बिदा दिने निर्णय गरेसङगै बैंकले आफ्ना ग्राहकहरुको सेवा सुबिधाको लागि आइतबार पनि देशैभर ८ शाखा संचालनमा ल्याउने भएको हो ।

बैंकले प्रदेश न।१ को इटहरी शाखा, मधेस प्रदेशको जनकपुर ९भानुचोक०शाखा, बागमती प्रदेश अन्तर्गत काठमाडौंको न्युरोड र ठमेल शाखा र चितवनको नारायणगढ शाखा, गण्डकी प्रदेश अन्तर्गत नागढुङगा पोखरा शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखा र सुदुरपश्चिम प्रदेश अन्तर्गत धनगढी शाखा मार्फत बैंकिङ सेवा सुबिधा दिने भएको हो ।

जसमा प्रदेश १ र मधेश प्रदेशमा बिहान ११ बजेदेखि २ बजेसम्म, बागमती प्रदेशको ठमेल शाखा दिउँसो २ बजेदेखि साझ ५ बजेसम्म र न्युरोड र नारायणगढ शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने कम्पनीले जनाएको छ ।

सरकारले देशको आर्थिक संकटलाई सन्तुलनमा ल्याउनको लागी पेट्रोलियम पदार्थको खपत घटाउन सरकारी कार्यालयदेखि बैंक वित्तीय संस्थालाई आइतबार बिदा दिने निर्णय गरेको थियो ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...