जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद निष्काशन गर्दै
Saturday May 21, 2022
वि.सं.२०७९ जेठ ७ शनिवार १४:०१
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले हाल विद्यमान पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको माग गर्दै बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।
कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी थप गर्ने योजना बनाएको छ । कम्पनी सँग हाल एक अर्ब रुपैयाँ मात्रै पूँजी छ । यहि पूँजीमा अन्य कम्पनी सँग मर्ज गर्दा हिस्सा गुम्ने तथा वार्गेनिकङ पावर कम हुने भए पछि कम्पनीले पहिला थोरै हकप्रद शेयर निष्काशन गर्ने सोच बनाएको हो ।
























