CG Electronics
IME Life
NIMB

एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानी कर्ता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।

यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ जस मध्ये बैकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबि बैंकले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको Environmental and Social Mitigation Guidelinesअनुसार एनएमबि बैंकले Environmental and Social Policy तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली   (Environmental and Social Management System) लागु गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मा सात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्घता जाहेर गरेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर नेपाल” प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

१७० भन्दा बढी देशमा सफल यात्रा तय गरेको जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी नेपाल आउँदै

१७० भन्दा बढी देशमा सफल यात्रा तय...

वि.सं.२०८३ जेठ २० बुधवार २२:०८

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता, अटोमोटिभ क्षेत्रको नीतिगत संवाद सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५१

  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा...

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको...

वि.सं.२०८३ जेठ २० बुधवार २१:४२

  नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित...

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३२

  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्‍याली...

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३०

  काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको...