CG Electronics
IME Life
NIMB

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर

NIMB
Himalayan Bank

 

नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘६.६ मिड इयर सपिङ फेस्ट’ (6.6 Mid Year Shopping Fest) को घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिलहरू, विशेष ब्रान्ड अफरहरू, भुक्तानीमा छुट सुविधा तथा रोमाञ्चक गिभअवे (Giveaway) उपहारहरू समावेश गरिएको जानकारी दिएको छ ।

यो अभियान जुन ५ (जेठ २२, २०८३) को बेलुकी ८ बजेदेखि जुन १० (जेठ २७ गते) सम्म सञ्चालन हुनेछ । यस अवधिभर ग्राहकहरूले विभिन्न क्याटगोरीका उत्पादनहरूमा ७५% सम्मको छुट, निःशुल्क होम डेलिभरी तथा विशेष भौचरहरूको उपयोग गरी आकर्षक लाभ उठाउन सक्नेछन् । यी अफरहरूका माध्यमबाट उपभोक्ताको मध्य-वर्षीय किनमेललाई अझ लाभदायक बनाउने कम्पनीको विश्वास छ ।

योजना अवधिभर ग्राहकहरूले दराजका लोकप्रिय ब्रान्डहरूबाट विशेष छुट प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत, प्लाटिनम ब्रान्ड पार्टनरहरू भ्यासेलिन, केमिस्ट एट प्ले तथा होनसाका तर्फबाट १५% सम्म छुट, गोल्ड ब्रान्ड पार्टनरहरू ब्रान्ड हाउस, न्युलाइट सिओएसआरएक्सका तर्फबाट ७०% सम्म छुट उपलब्ध हुनेछ । साथै, सिल्भर ब्रान्ड पार्टनरहरू फ्यानटेक, लिभाइस, एंकर र मारिकोका तर्फबाट ६५% सम्म छुटसहितका अफरहरू पनि उपलब्ध हुनेछन् ।

योजना अवधिभर ग्राहकहरूले ‘ब्रान्ड रस आवर’ (Brand Rush Hour) अफरहरूको पनि लाभ लिन सक्नेछन् । ब्रान्ड रस आवर अफरहरू अन्तर्गत ६६ भन्दा बढी ब्रान्डका विशेष अफरहरू समावेश हुनेछन् । यो विशेष अफर जुन ५ को बेलुकी ८ बजेदेखि जुन ६ को बिहान २ बजेसम्म तथा पुनः जुन ८ बेलुका ८ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकहरूलाई बचतको बृहत् अवसर प्रदान गर्ने उद्देश्यका साथ दराजले नबिल बैंकसँग सहकार्य गरेको छ । यस सहकार्यले ग्राहकहरूलाई न्यूनतम रु १,४९९ को खरिदमा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५% छुट (अधिकतम रु ७५०) तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १०% छुट (अधिकतम रु ५००) प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ईसेवा तथा खल्ती बाई आईएमईका प्रयोगकर्ताहरूले ब्रान्ड रस आवर अवधिमा १२% छुट (अधिकतम रु २००) तथा नियमित किनमेल अवधिमा १०% छुट (अधिकतम रु १५०) प्राप्त गर्न सक्नेछन् ।

यस अभियानलाई अझ रोमाञ्चक बनाउन दराज नेपालले ग्राहकहरूका लागि विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरेको छ । उपहारहरूको मुख्य आकर्षणका रूपमा हाइसेन्सको सहकार्यमा ल्याइएको ‘मेगा गिभअवे’ रहेको छ । यस अन्तर्गत करिब रु १,६५,००० मूल्य बराबरको ६५ इन्चको हाइसेन्स क्युलेड भिडा टिभी (Hisense QLED Vidaa TV) एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जित्ने सुनौलो अवसर प्राप्त गर्नुहुनेछ । उत्कृष्ट दृश्य गुणस्तर र स्मार्ट मनोरञ्जन सुविधाले भरिपूर्ण यो प्रिमियम टेलिभिजन अभियानको मुख्य पुरस्कारको रूपमा प्रदान गरिने कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसैगरी, ‘बाई एण्ड विन’ (Buy & Win) योजना अन्तर्गत ग्राहकहरूले मूल्य रु ५३,९६० बराबरको ‘स्फारनोड फिट्नेस HOME युज वाकिङ प्याड एण्ड ट्रीडमिल’ १ जना विजेतालाई, मूल्य रु ३,००० बराबरको ‘फोरएच एण्ड पी सेफ प्रोडक्ट बन्डल’ २ जना विजेतालाई र मूल्य रु ५,००० बराबरको ‘स्मार्ट इलेक्ट्रिक वाइन एण्ड लिक्विड डिस्पेन्सर’ १ जना विजेतालाई प्रदान गरिने थप अवसर पनि प्राप्त गर्नुहुनेछ । अभियान अवधिभर न्यूनतम रु १०,००० बराबरको खरिद गरी दराजमा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेर सफलतापूर्वक किनमेल पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुन पाउनेछन् । त्यसैगरी, न्यूनतम रु ५,००० बराबरको खरिद गर्ने ग्राहकहरूलाई ‘बाई एण्ड विन’ योजनामा सहभागी गराइने पनि कम्पनीले जानकारी दिएको छ ।

अविश्वसनीय छुटहरू, अतिरिक्त भुक्तानी लाभहरू, निःशुल्क डेलिभरी तथा रोमाञ्चक पुरस्कारहरूसहित, दराज ६.६ मिड इयर सपिङ फेस्ट यस सिजनको सबैभन्दा ठूलो किनमेल अभियानमध्ये एक बन्ने अपेक्षा गरिएको छ । दराज नेपालको ६.६ मिड इयर सपिङ फेस्ट सम्बन्धी थप जानकारीका लागि दराजको वेबसाइट डब्लूडब्लूडब्लू डट दराज डट कम डट एनपीमा भ्रमण गर्न, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप प्रयोग गर्न दराज नेपालले विशेष अनुरोध गरेको छ ।

सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । यसले पाकिस्ताान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसङ्ख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत विक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई-कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एसियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ । थप जानकारीका लागि दराजको आधिकारिक वेबसाइट डब्लूडब्लूडब्लू डट दराज डट कममा जान वा दराजको लिंक्डइन पेजमा लगइन गर्न सकिनेछ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...