CG Electronics
IME Life
NIMB

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

NIMB
Himalayan Bank

 

साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्‍याली यही २०८३ जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर बैंकले विगतका वर्षहरू झैँ यस पटक पनि जेठ २३ गते शनिबार यो र्‍याली आयोजना गर्न लागेको हो ।

र्‍याली काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ । उक्त र्‍याली दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैन भवन, साङ्ग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै पुनः एलिस रिसेप्सन गैरीधारामा पुगेर समापन हुनेछ ।

र्‍यालीमा सहभागी हुन इच्छुक व्यक्तिहरूले ह्वाट्सएप नम्बर ९८६३५८०००१ मा ‘registration’ लेखेर पठाएर, आधिकारिक लिंक (https://wa.me/message/3EHCI74Z2DQAK1) मा गएर वा क्युआर कोड स्क्यान गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन् । र्‍यालीका सहभागीहरूमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली विजेतालाई आकर्षक साइकल तथा अन्य विभिन्न उपहारहरू प्रदान गरिनेछ ।

वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले साङ्ग्रिला डेभलपमेन्ट बैंकले यसअघि पहिलो, दोस्रो र तेस्रो संस्करणको साइकल र्‍याली सफलतापूर्वक आयोजना गरिसकेको छ । विगतका र्‍यालीहरूमा जस्तै यस पटक पनि वातावरणप्रति चासो राख्ने तथा साइकलमैत्री सहर चाहने सम्पूर्ण नागरिकहरूबाट पूर्ण सहयोगको अपेक्षा बैंकले राखेको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाका कारण साङ्ग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालयहरू र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा आफ्ना सेवाहरूलाई अझ परिष्कृत र विस्तार गर्दै लैजाने प्रतिबद्धता वरिष्ठ नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशीले व्यक्त गर्नुभएको छ ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...