CG Electronics
IME Life
NIMB

एन आईसी एशिया बैंकद्वारा  राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।यस एन आई सी एशिया बैंक लिमिटेडको मिति २०७९ जेष्ठ ८ मा बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले श्री सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनुभएका वहाँलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६÷०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिनुभएका श्री सन्तोष कुमार राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभएका श्री सन्तोष कुमार राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पु¥याउनु भएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले वहाँलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगाल्नुभएको श्री राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ । वहाँको यस नियुक्तीले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने पूर्ण विश्वासका साथ वहाँलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवार वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

 

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको...

वि.सं.२०८३ जेठ २० बुधवार २१:४२

  नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित...

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३२

  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्‍याली...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी...

वि.सं.२०८३ जेठ २० बुधवार २१:२२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बाल डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग, न्युरो डेभलपमेन्ट समस्या भएका बालबालिकाको उपचारमा सहकार्य

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बाल डेभलपमेन्ट एण्ड केयरलाई...

वि.सं.२०८३ जेठ २० बुधवार २१:१६

  काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन,...

वि.सं.२०८३ जेठ २० बुधवार १५:३०

  काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै...

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र...

वि.सं.२०८३ जेठ २० बुधवार ०६:२०

  काठमाडौँ — नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका...