नेपाल राष्ट्र बैंकको संचालकमा शिवाकोटी र आचार्य नियुक्त
Wednesday May 25, 2022
वि.सं.२०७९ जेठ ११ बुधवार १७:२९
काठमाडौं । नेपाल राष्ट्र बैंकको संचालकमा चिन्तामणी शिवाकोटी र डा.शंकर आचार्य नियुक्त भएका छन् । लामो समयदेखि राष्ट्र बैंकको संचालक पद खाली रह्दा नियमित बैठकहरुमा समेत प्रभाव देखिएको थियो ।
नियमित बैठकमा संचालकले पूर्णता नपाँउदा कतिपय बैठकहरु हुन सकेको थिएन । रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषदले राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आचार्यलाई सञ्चालक बनाएको हो ।
चिन्तामणी शिवाकोटी राष्ट्र बैंकको पूर्व डेपुटी गर्भनर समेत हुन् । शंकर आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेपछि उनी अवकाश भएका थिए।
दुई सञ्चालक पाँच वर्षे कार्यकाल पुरा गरेर अवकाश भएपछि सरकारले नयाँ नियुक्ति अगाडि बढाएको थियो । उक्त पदमा शिवाकोटी र आचार्य संचालकमा नियुक्त भएका हुन् ।
यसअघि संचालक श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।























