NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएको गुजराती राइदासज्यूलाई घातक रोगको बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

जसअनुसार खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो । निजको पति श्री भगौती प्रसाद राइदासज्यूलाई यस बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख श्री तिलक सुन्दर कार्कीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत रू. १ करोड ८० लाख, दुर्घटना बीमा वापत रू. ३ करोड र मेडिकल बीमा वापत रू. २ करोड ६१ लाख गरी कुल रू. ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।

 

बैंकले हाल आएर सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सीपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

 

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...