NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

बजेटमा सबैको स्वाधिनता छ, मिलेर कार्यान्वयन गरौं : अर्थमन्त्री

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सबैको स्वाधिनता कायम हुने गरी सरोकारवाला पक्षहरुसँग बारम्बार छलफल गरेर आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गरेको बताउनुभएको छ । उहाँले बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न विषयगत क्षेत्रका सरोकारवाला, टेलिफोनबाट दुरदराजका नागरिक र रौतहटका अल्पसंख्यक परिवारदेखी कर्णालीको जनजातीसम्मलाई प्रत्यक्ष सोधेर बजेट निर्माण गरेकाले सबैको स्वाधिनता रहेको बताउनुभयो । ‘यो बजेट तपाईहरुको हो, म त केबल प्रतिनिधि मात्र हुँ’ उहाँले भन्नुभयो, ‘मेरो क्षमताले भ्याएसम्म सबैको बिषयलाई सम्बोधन गर्नेगरी बजेट बनाएको छु । अब यसलाई सबै मिलेर कार्यान्वयन गरौं ।’

आम जनताले स्वामित्व लिन सक्ने गरी बजेट बनाएकाले कार्यान्वयन हुने र बजेटले लिएका उदेश्य हाँसिल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘संसदमा अहिले यसबारेमा विभिन्न प्रश्न उठेका छन्, बहस भइरहेका छन् । यसले बजेट कार्यान्वयनमा सघाउ पुग्ने मेरो अपेक्षा छ’ उहाँले भन्नुभयो । उहाँले कृषिलाई उत्पादन, रोजगारी र निर्यातको क्षेत्र भएकाले प्राथमिकता दिएर बजेटमा समावेश गरेको जानकारी दिनुभयो ।

कृषिमा संरचनागत सुधारको पहल लिएको र ढुवानीका लागि कृषि एम्बलेन्स तथा बजारका लागि संकलन केन्द्रको बिषय राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले किसानलाइ उत्साहित गर्न, परिचय पत्र बितरण गर्न र कृषि पेशाप्रति आकर्षण बढाउन किसान पेन्सनको योजना अघि सारेको र यसलाई कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो । शिक्षामा बजेट बढाइएको र १२ कक्षा पास गरेका विद्यार्थी कुनै न कुनै सीपसमेत सिकेर श्रम बजारमा आउने उहाँको दाबी छ ।

आयात प्रतिस्थापन

मुलुकमा कृषि बस्तुको ठूलो उत्पादन संभावना भएकाले प्रमुख खाद्य बाली, तरकारी र फुलफुलको ३० प्रतिशतसम्म आयात प्रतिस्थापन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री शर्माले बताउनुभयो । ‘हामीसँग जे छ, त्यसकै अधिकतम उत्पादन गर्ने र आत्मनिर्भर भई निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसैले यो असंभव भन्ने छैन’ उहाँले भन्नुभयो,‘हामीले दोब्बर निर्यात गर्ने भनेका छौं । बजेटको सही कार्यान्वयनबाट उत्पादन वृद्धि गर्ने हो भने मैले त संभव देखेको छु ।’
जुन सुपारी आयात ग¥यो, त्यहीं सुपारी निर्यात गर्ने बिषय अब इतिहास हुने उहाँको भनाई थियो । मुलुक भित्रै उत्पादन भएको बस्तु तथा सेवा निर्यातका लागि बजेटले अधिकमत स्थान दिएको उहाँले जानकारी दिनुभयो ।

पुँजीबजार सुधारको लक्ष्य

अर्थमन्त्री शर्माले पुजीबजार सुधारका लागि निक्कै महत्वपूर्ण बिषय बजेटमा समावेश गरेको जानकारी दिनुभयो । बजेटको बुँदा नम्बर ३३२ पढ्न र पुँजीबजारका बिषयमा धारणा बनाउन उहाँले आग्रह गर्नुभयो । बजेट बक्तव्यको बुँदा नम्बर ३३२ मा ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेछ’ भनि उल्लेख छ ।

यस्तो व्यवस्था पुँजीबजारका लागि महत्वपूर्ण भएको उहाँको भनाई थियो । ‘यस्तो व्यवस्थाले पुँजीबजार र प्रतिस्पर्धा बढ्ने कुरा गरेको छ । गैरआवासिय नेपालीलाई सेयर बजारमा लगानीको बातावरण बनाउने र बैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत सेयर हिस्सा छुट्याइदिने कुराले सकारात्मक सन्देश दिने मेरो विश्वास छ’ उहाँले भन्नुभयो ।

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता

नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:१५

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ उत्साहजनक सहभागिता र...

जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न

जन आकाश मडियाको १९ सौ वार्षिकोत्स सम्पन्न

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०६

काठमाडौ । आज जनआकाश मिडियाको १९औ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न...

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...