NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असर

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी यसबाट बाँच्न र बचाउनका लागि हामी सबै जागरुक हुनु पर्दछ । जलवायु र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति हामी सचेत हुनु आवश्यक रहेको छ । हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरुरी छ ।

संघले सदस्य होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग होस् र क्रमशः घटाउँदै दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नहोस् भन्ने अभियान घोषणा गर्दैछौं । यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा सकेको योगदान पुग्ने गरिमा उँचो हुने विश्वास लिएका छौं ।

सोही सन्देश विश्वसामु पु¥याउन सञ्चार माध्यमको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुँदा कोभिडपछिको पर्यटनलाई तीब्र गतिमा लयमा फर्काउने उद्देश्यले होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न “Campaign to Eliminate Single-Use Plastic from Hotel Rooms”सम्बन्धी औपचारिक कार्यक्रम बारे पत्रकार सम्मेलनको आयोजना गरेका हौं ।

विश्वलाई नै आक्रान्त बनाउँदै गएको जलवायु परिवर्तनलाई न्यूनीकरण गरी मुलुकको पर्यटन वातावरणमैत्री रहेको विश्वमाझ प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले होटल संघ नेपालले आफ्ना सदस्य होटलहरुको कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई निरुत्साहित गर्दै हरित पर्यटनलाई बढावा दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो ।

एक पटक प्रयोग हुने वा डिस्पोजेबल प्लास्टिक, तिनीहरूलाई फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । यी वस्तुहरू प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरु मूख्य रहेका छन् । आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ । होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको छ ।

संघले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरू र कार्यकारी समितिका सदस्यहरूसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता गरेको छ । सोही अभियानलाई केन्द्रित गरी कम भन्दा कम लागतमा पाहुनाहरुलाई सत्कार गरी वातावरणीय अनुकुलतालाई प्राथमिकतामा राखी पर्यापर्यटनमैत्री उत्पादनहरुको प्रयोगलाई अगाडि बढाइएको छ । यो हामीले गरेको सानो पहलाई हाम्रा सदस्य होटलहरुले मात्र हैन होमस्टे महासंघ र होटल महासंघले पनि यस अभियानलाई साथ दिई अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अहिले विभिन्न बुकिङ माध्यम जस्तै बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ भने जन्डै विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।

हामीले दैनिक उत्पादन गर्ने फोहोरको मात्रा घटाउनका लागि स्रोत तथा संसाधनहरूको सचेत तथा उचित उपयोगलाई बढावा दिनु अपरिहार्य रहेको छ । यस कारण हामीले होटलको कोठामा अत्यधिक मात्रामा एक–पटक मात्रै प्रयोगमा आउने सामाग्रीहरूलाई पुनः प्रयोगमा ल्याई दीर्घकालिन रुपमा उपयोग हुने सामग्रीहरु आज हामीले प्रस्तुत गर्दैछौं ।

होटललाई वातावारणमैत्री प्रविधि प्रयोग गरेर सुविधा सम्पन्न होटलमार्फत वातावरण र दिगो विकासमा उल्लेख्य योगदान पुग्ने हामीले ठानेका छौं । हाम्रो लक्ष्य भनेको होटलहरुमा अत्याधुनिक वातावरणमैत्री प्रविधि नै प्रयोग गर्ने योजना रहेको छ र यस महान अभियानलाई नेपालमा हरित पर्यटनको प्रवद्र्धकको रूपमा नेपालमा दिगो पर्यटन र विश्वव्यापी रूपमा यसको प्रतिस्पर्धात्मक ब्रान्डिङमा योगदान पु¥याउने सबै सरोकारवालाहरूका साथै राज्यबाट सहयोग हुने अपेक्षा लिएका छौं ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...