CG Electronics
IME Life
NIMB

शनिवारदेखि दुई दिने ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, १० सत्रमा ५ देशका ६० बक्ता सहभागी हुने

NIMB
Himalayan Bank

 

 

काठमाडौं । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा यहि असार ४ र ५ गते (शनिवार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एण्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुदैछ ।

द सोल्टी काठमाडौंमा आयोजना हुने दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढि वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुँदैछन् । नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहश गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्वन्धी विभिन्न ५ वटा थिममा १० बढि सेसनहरु सञ्चालन हुनेछन ।

कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा।पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती रहेको छ ।

यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा। बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको किनोट प्रस्तुती रहेको छ । कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ भने कार्यक्रमको बिशिष्ट अतिथि र वत्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन ।

कन्क्लेभका सेसनहरुमा पहिलो दिन किनोट प्रस्तुती र उद्घाटन पश्चात डिजिटल इन्फास्ट्रक्चर एण्ड कनेक्टिभिटीको सेसन रहेको छ । यसैगरी दोश्रो सेसनको रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एण्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन रहेको छ । पहिलो दिनको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन रहेको छ ।

दोस्रो दिन किनोट प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेशन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्वन्धी सेसनहरु रहेका छन । त्यसैगरी सोहि दिन डिजिटल फिनोभेसन एण्ड बियोण्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणको लागि अबको बाटो सम्वन्धी महत्वपुर्ण सेसनहरु रहेका छन ।

कन्फ्रेन्स सेसनहरुसँगै डिजिटल नेपाल सम्वन्धी केहि प्रदर्शनी स्टलहरु प्नि रहनेछन भने ह्वावेले सोहि समयमा छुट्टै हलमा ‘लाइटिङ अप द फ्युचर’ नाममा नयाँ प्रविधिहरु प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, एजेण्डा, अवधारणा र डिजिटल रूपान्तणका विषयमा वृहत छलफल तथा अन्र्तकृया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए । डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात यस विषयमा केन्दि«त सम्भवत यो पहिलो बृहत कार्यक्रम रहेको उनले बताए ।

आयोजकले सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाहरुसँग प्रदेशमा भइरहेको डिजिटल रुपान्तरणका अभ्यास र प्रयासहरुको बारेमा बहस सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल बस्तुस्थितीसहितको रिपोर्ट पनि आयोजकले कार्यक्रममा सार्वजनिक गर्नेछ ।

डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरु, डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ८ महत्वपुर्ण क्षेत्रका सरोकारवालाहरु, कर्पोरेट तथा बैकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरुसहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । ‘डिजिटल रूपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे, सह प्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ ।

त्यस्तै कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग वाणिज्य महासंघको सहयोग रहेको छ । कन्क्लेभको डेभलपमेन्ट पार्टनरको रुपमा द एसिया फाउण्डेशन रहेको छ ।

यसैगरी बैंकिङ पार्टनरमा एनआइसी एसिया, डिजिटल पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउस, नलेज पार्टनर प्रेसिडेन्सियल विजनेश स्कुल, अफिसियल पार्टनर नेपाल टेलिकम रहेका छन । कार्यक्रममा नेपाल बैंक लिमिटेड, रारा ल्याब्स, फ्रस्ट एण्ड सुलेभियन, सिआरआई नेपाल लगायतका संस्थाहरुको सहकार्य रहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...