CG Electronics
IME Life
NIMB

हाल ६० भन्दा बढि देशमा उपलब्ध रहेको भिभोका विश्वव्यापी रुपमा चार सय मिलियन भन्दा बढि प्रयोगकर्ताहरू

NIMB
Himalayan Bank

 

काठमाडौं ।  भिभो, एक अग्रणी विश्वव्यापी स्मार्टफोन ब्रान्डले प्रयोगकर्ताहरूको अनुभव बढाउन नवीनतम विशेषताहरु प्रदान गर्दै आइरहेको छ । यसले मोबाइल फोटोग्राफीमा भित्र्याएको अत्याधुनिक प्रविधि र प्रगतिका साथ विश्वभरका ग्राहकहरूको मन जित्न सफल भएको छ । यसले स्थानीय स्रोत परिचालनमा विशेष ध्यान केन्द्रित गर्दै “More Local, More Globalरणनीतिहरूमा जोड दिइरहेको छ ।

भिभोले विविधतामा विश्वास गर्छ र एफएमसीजी, हस्पिटालिटी, इलेक्ट्रोनिक्स लगायत विभिन्न उद्योगमा अनुभव बटुलिसकेका कर्मचारीहरु यहाँ आवद्ध छन् । नेपालमा भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गर्नुका साथै, आफ्ना कर्मचारीहरूलाई समानान्तर रूपमा प्राथमिक्तामा राखेको छ ।

भिभोले कर्मचारीहरुको कामप्रति सन्तुष्टि र विकासका लागि कार्यस्थलमा सिकाइ वातावरणको महत्व र आवश्यकता बझेको छ र उनीहरुलाई प्रोत्साहन गर्दै करियर वृद्धि र विकासका लागि आवश्यक स्रोतहरू र सामग्रीहरु प्रदान गर्दछ । यसले उनीहरुलाई विभिन्न तालिम र विकास कार्यक्रमहरुमार्फत आफ्नो सीप वृद्धि गर्ने वातावरण प्रदान गर्दछ ।

हाल ६० भन्दा बढि देशमा उपलब्ध रहेको भिभोका विश्वव्यापी रुपमा चार सय मिलियन भन्दा बढि प्रयोगकर्ताहरू छन् । त्यस्तै सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेको भिभोले उद्योगकै पहिलो पप–अप क्यामेरा स्मार्टफोन, पहिलो रङ परिवर्तन गर्ने फोन (भी २३ फाइभजी), र स्लिम डिजाइन फोन लगायत नयाँ–नयाँ विशेषताहरु ल्याएको छ ।

नेपाली बजारमा भिभोका भी श्रृङ्खला र वाई श्रृङ्खलाका स्मार्टफोनहरू उपलब्ध छन् । वाई–सिरिज ब्याट्री, डिजाइन र क्यामेरा विशेषताहरूमा केन्द्रित छ भने भी–सिरिजका स्मार्टफोनहरू सुन्दर डिजाइन, शक्तिशाली प्रदर्शन र मोबाइल फोटोग्राफी भएका लक्जरी स्मार्टफोनहरू हुन् ।

भिभोले दिर्घकालिन समयसम्म ब्राण्डसंग आवद्ध रहन इच्छुक ईमानदार कर्मचारीहरूको महत्व बझेको छ, जुन केवल काममा र व्यक्तिगत सन्तुष्टि मार्फत सुनिश्चित गर्न सकिन्छ । यसका लागि भिभोले कर्मचारीहरूलाई प्रशस्त अवसरहरू प्रदान गर्दै उद्योग सम्बन्धी थप अनुभवहरूको लागि एक्सपोजरमा मद्दत गर्दछ ।

साथै भिभोले आफ्ना कर्मचारीहरूलाई मासिक र त्रैमासिक रूपमा विभिन्न मनोरञ्जन गतिविधिहरूमा संलग्न गराउदै आइरहेको छ जहाँ प्रत्येक कर्मचारीले उनीहरूको व्यक्तित्व अनुभव गर्न, एक्सपोजर हासिल गर्न र टिम प्लेयर हुन आवश्यक विविध सीपहरू अनुभव गर्न पाउँछन् । यसले काम बाहिरका गतिविधिहरू मार्फत कर्मचारीहरूमा स्थिर वृद्धि सुनिश्चित गर्दछ ।

भिभो आफ्ना कर्मचारीहरूको व्यक्तिगत लक्ष्यहरू प्राप्तिका लागि मद्दत गर्न पाउँदा गौरवान्वित महशुस गर्दछ । भिभोले कर्मचारीहरूको विकासमा मद्दत गर्न सीपमूलक तालिमका लागि फन्ड गर्दछ जसअन्तर्गत उनीहरुको रोजाइका कोर्षहरु पर्दछन् । साथै, तिनीहरू आफ्नो सीपहरु अन्य सहकर्मीहरुसंग बाड्न पनि सक्छन् ।

यी सबै कारकहरूले अत्यधिक कार्यबलको परिणाम दिन्छ जुन दक्ष एवं विविध छ । भिभोमा कार्यरत प्रत्येक व्यक्ति यस क्षेत्रमा अरूलाई सिकाउन र मद्दत गर्न दक्ष छन् र उनीहरु थप अनुभवी र जानकार जनशक्ति निर्माणमा मद्दत पुर्याउन सक्षम छन् । यो त्यही प्राविधिक तथा सैद्धान्तिक प्रशिक्षणको नतिजा हो जुन भिभोले आफ्ना कर्मचारीहरूलाई संगठनमा आवद्ध भएपछि प्रदान गर्दछ ।

भिभो नेपाल एकताको भावनामा विश्वास गर्दछ जहाँ सबै मिलेर हरेक उत्सवहरु मनाउने गर्दछन् र अलग धर्म र संस्कृतिको वावजुद विविधतालाई प्रवद्र्धन गर्दछन् । यसबाहेक, भिभोले युवाहरूमा विश्वास गर्छ । तिनीहरू चलाख, शिक्षित, र रचनात्मक छन् ।

यसले भिभोलाई सम्भावित कर्मचारीको रूपमा उनीहरूमा लगानी गर्न प्रेरित गर्छ । यसका लागि भिभोले विभिन्न संस्था र कलेजसंग सहकार्य गर्दै प्लेसमेन्ट ड्राइभ, क्यारियर फेयरहरू आयोजना गर्ने र सहभागी जनाउने गर्दै आएको छ । यसमार्फत भिभोले योग्य युवाहरूलाई उज्ज्वल भविष्यको प्रतिज्ञा मात्र गर्दैन, देशमा रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छन् ।

भिभो एउटा यस्तो संस्था हो जसले आफ्ना कर्मचारीहरूलाई उच्च प्राथमिकतामा राखेको छ । यसले एक आदर्श संस्थाको रूपमा उनीहरूको हेरचाह गर्छ । सीप र ज्ञानमा मात्र नभई उनीहरुको मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिँदै कर्मचारी र ब्रान्ड दुवैको उज्ज्वल भविष्यको लागि वृद्धि र अवसरहरूको प्रतिज्ञा गर्दछ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...