CG Electronics
IME Life
NIMB

‘हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ’

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका छन् । उनले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि सुनाए ।

उनले भने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आईसकेको छैन् । अमेरिकाको प्रस्ताव हो कि नेपालको आँफैले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै बास्तविकता माग गरेको छ ।

कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौं । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’

नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । उनले भने,‘सामान्य रुपमा हेर्दा २०७२ मा नेपालमा महाभुकम्प गएको बेलामा प्रस्ताव राख्ने काम भएको देखिन्छ ।

त्यतिवेला अहिले आएकोजस्तो मस्यौदा त्योस्तरको थिएन होला भन्ने नै मलाई लाग्छ । विपद्को लागि सहयोग मागिएको हो जस्तो लाग्छ, त्योपनि अहिले डिटेलमा छलफल र धारणा राख्न अपुरो हुन्छ । सुशिल कोइराला प्रधानमन्त्री हुँदा त्यो भएको हो भन्नेपनि छ । त्यसपछि केपी ओली प्रधानमन्त्री हुनुभयो, उहाँ प्रधानमन्त्री भएको १५ दिनपछि प्रधानसेनापतिले पत्राचार गरेको भन्नेछ ।

केपी ओलीले त सुशिल कोइरालाको पालामा निर्णय भएको थियो, मलाई थाहा दिईएन । मैले हस्ताक्षर गरेको छैन् भन्नुभएको छ । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड हुँदा पनि पत्राचार गरियो भन्ने छ । पछिल्लो चरणमा जे चाहीँ मस्यौदा प्रस्ताव हेर्दा, हामीले यतिवेला त्यो विषयलाई अध्ययन गर्दा, यद्धपी त्यो प्रस्तावको रुपमा छ ।

त्यो प्रस्ताव राष्ट्रिय, राष्ट्रियता, शान्ति र सु–व्यवस्थाको पक्षमा छैन् । आज सबै दलहरु, जहाँ–जहाँ जसको पालामा, जुनस्तरको प्रस्ताव गएको भएपनि, ज–जसको पालामा सम्झौता भएपनि सम्पूर्ण दलहरु, नेपाली कांग्रेसले पनि यसलाई अघि बढाउन हुन्न भनेको छ । यस विषयमा आम सहमतिजस्तो देखिन्छ । यो खुशीको कुरा हो । त्यो प्रस्ताव हेर्दा ज्यादै नै राष्ट्रघाती देखिन्छ । सबै पार्टी पास गर्नुहुन्न भन्नेमा आम सहमत छन् ।’

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए । उनले भने,‘राजनीतिक दलहरु, जो चुकेको भएपनि, जानेर वा नजानेर भएपनि यो गलत थियो भन्ने विषय अब समिक्षाको विषय बन्नुपर्छ । संसदीय समितिले डिटेल माग गरेको छ ।

अब दलहरुले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी छ । यद्धपी हाम्रा विचार फरक छन् । राजनीति र कार्यक्रम फरक छन् । तर, हाम्रो लक्ष्य एउटै हो–त्यो भनेको देशलाई समृद्ध बनाउने हो । अनि सुशासन कायम गर्ने हो । यसको लागि दलहरु बेलाबखतमा सँगै बसेर छलफल गर्नुपर्छ ।’

रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राखे । उनले भने,‘यसो गर्दा देशले समृद्धि पाउँदैन् । सुशासन पाउन्न । विकास र समृद्धिको कमन एजेण्डामा छलफल गर्नुपर्छ । जसरीपनि सरकारमा जाउँ, जोसित पनि मिलेर जाउँ भन्ने प्रवृत्ति देखिएको छ, यो त्यति उचित होइन् ।

अहिले देशमा समाजवादमा कसरी पुग्न सक्छौं भन्नेतर्फ कम चर्चा भएको छ । सत्ता प्राप्तिको लागि जस्तोप्रकारको गठबन्धन पनि गर्ने, जस्तो प्रकारको सम्झौता पनि गर्ने काम भएको छ । तर, राष्ट्रियता र समृद्धिको पक्षमा कम चर्चा छ । यो विषय गौण बनाईएको छ । एसपीपी अस्विकार गर्नुपर्छ । यो राष्ट्रको हितमा छैन् ।’

अहिले विश्व राजनीति नै तरंगित बनेको अवस्था सुनाए । उनले भने,‘विश्वव्यापी रुपमा टक्कर भैरहेको छ, दुनियाँका मुलुकहरु विभाजित रुपमा गएका छन् । हामीले सन्तुलित विदेशी नीति अपनाउनुपर्छ । हामी कुनै देशतर्फ ढल्कनुहुँदैन् । घोषित नीतिभन्दा बाहिर जानुहुँदैन् । दलहरुले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

यो कुनै दल र सरकारको मात्रै कुरा होइन । हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ । यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ । देश सानो वा ठूलो भएर हुँदैन् । नीतिमा अडान हुनुपर्छ ।’

उनले अहिले कसलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्ने विषय मुख्य नभएको सुनाए । एमाले नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि अफर गरेको विषयमा राखिएको जिज्ञासामा रायमाझीले यस्तो स्पष्ट पारेका हुन् । उनले थपे–‘अब कसलाई प्रम बनाउने वा नबनाउने भन्ने कुरा मुख्य कुरा होईन । केपी ओलीजीले त्यस्तो भनेकोजस्तो लाग्दैन् ।
त्यो मेजर कुरा होइन । देशमा सामाजिक न्याय, सुशासन, राष्ट्रियतासहितको समृद्धिलाई प्राप्त गर्नको लागि त्यो एजेण्डालाई केन्द्रविन्दु बनाएर चुनावी अभियान र कार्यक्रम बनाउनुपर्छ । सबै दल आफ्ना एजेण्डा बोकेर जनतामा जानुपर्छ । आजका जनता सचेत छन् । स्वस्थ प्रतिष्पर्धा गर्ने हो । चुनावमा हामी आफ्नो घोषणापत्रमार्फत जाने हो ।

जसको बहुमत आउँछ, उसले सरकार चलाउने हो ।’
उनले एजेण्डाबिहीन हुने अनि सरकार बनाउनको लागि गठबन्धन बनाउने कुरा यो देश र जनताको हितमा नभएको टिप्पणी गरे । उनले भने,‘बहुमत नआए एजेण्डा मिल्नेसँग सहकार्य गर्ने कुरा न्यायसंगत हो, सरकार बनाउनको लागि त्यो पनि निश्चित् समयको लागि सामान्य कुरा हो । चुनावमा सहकार्यको लागि पनि एजेण्डा मिल्नुपर्छ । अहिले एनी हाउ, सरकारमा जाउ र लुटेर खाउ भन्ने देखिएको छ । यो गलत हो ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे टिप्पणी गर्न आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘उहाँ अब कुन एजेण्डा बोकेर जाँदैहुनुहन्छ, भित्री रुपमा एसपीपी बोकेर जाने हो भने त्यो सान्दर्भिक देखिँदैन् । तर, उहाँको एजेण्डा थाहा नभएकोले खासै टिप्पणी गर्नुपर्ने आवश्यक छैन् ।’

उनले एसपीपीको विषय सबैभन्दा धेरै आफ्नो पार्टीले उठाएको दाबी गरे । हिजोमात्रै पनि अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा प्रष्ट पारेको रायमाझीले सुनाए । उनले भने,‘कसको पालामा अघि बढाईएको हो, यो अध्ययनको विषय हो । ०७२ को कुरा गर्दा म पनि उपप्रधानमन्त्री र उर्जामन्त्री थिएँ । सायद भीम रावल रक्षामन्त्री हुनुहुन्थ्यो होला, ओली सरकारलाई थाहा थिएन । तथ्य हो भने पुष्टि गर्न ओलीले चूनौति दिनुभएको छ ।’

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...