CG Electronics
IME Life
NIMB

कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । कर्णाली प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा शनिवार सपन्न भएको छ । नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजना तथा मर्चेन्ट बैकर्स एशेसियसन नेपालको सहयोगमा पूजीबजारका लगानीकर्ताहरुलाई सचेत गराउने उद्देश्यले आयोजित सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले देशका सातै प्रदेशमध्ये कर्णालीले अघिल्लो चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट घटाएर ल्याएको बताउनु भयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनमा विशेष जोड दिएको बताउनु भयो ।

 

मुख्यमन्त्री शाहीले बजेटले अधिकांश पुराना योजनालाई सम्पन्न गर्न जोड दिएको तथा नयाँ ५ प्रतिशत योजना मात्रै अघि सारेको उल्लेख गर्नु भयो । पूँजीबजारमा लगानीकर्ता कम रहेको कर्णालीमा पूँजीबजारको वारेमा सचेतना वृद्धि गर्नु सम्वद्ध निकायहरुले ध्यान दिनु आवश्यक भएकोमा मुख्य मन्त्रीले जोड दिनु भयो ।

 

उहाँले नाफा कमाउने लोभमा ऋण लिएर लगानी गर्दा लगानी जोखिममा पर्न सक्ने भन्दै सानो पूँजीबाट लगानीको शुरुवात गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो । संघीयताको भावनालाई हामीले अझै पनि बुझेका छौनौ भन्दै मुख्यमन्त्री शाहीले संघीयतालाई बलियो बनाउन पनि पूँजीबजारले सहयोग गर्ने उल्लेख गर्नु भयो ।

 

नेपाली समाजमा वित्तीय अनुशासन कमजोर भएको उल्लेख गर्दै,लगानीकर्ता, बैकर्रहरु तथा व्यवसायीहरुले वित्तीय अनुशासनमा ध्यान दिनु आवश्यक भएकोमा मुख्यमन्त्री शाहीले जोड दिनु भयो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या लगानकिर्ता साक्ष्रताको अवस्था भने कमजोर रहेको बताउनु भयो ।

 

देशव्यापी रुपमा पूँजीबजार सचेतना वृद्धिका  नेपाल धितोपत्र बोर्डले सम्वद्ध निकायहरुसंगको सहकार्यमा विभिन्न कार्यक्रमहर अघि बढाएको डा अधिकारीले बताउनु भयो । उहाँले लगान गर्दा हतारमा नगरी कमतमिा पनि दुई बर्षसम्म पखिर्ने गरी लगानी गर्ने कम्पनीको अध्ययन गरेर मात्र लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो ।

 

नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुरले शाहीले कर्णाली प्रदेशमा रहेका शेयर बजारका लगानीकर्ताहरुलाई सचेत गर्न सचेतनता सम्बन्धी कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिनु भयो । शेयर बजारको विककासको लागि राज्यले प्रभावकारी नीतिगत व्यवस्थामा सुधार गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सचेतनता कार्यक्रमले कर्णलीका लगानीकर्ताहरुलाई हौसला प्राप्त भएको बताउनु भयो ।

 

नेपाल उद्योग परिसंघ कर्णाली प्रदेशका उपाध्यक्ष विष्णु खडकालद्य उद्योग धन्दा निराशाजनक अवस्था रहेको बेला पूजीबजार मार्फत औद्योगिक लगानीका लागि पूजी संकलन गर्न शेयर बजारलाई प्रभावकारी औजारको रुपमा अघि बढाउनु आवश्यक भएकोमा जोड दिनु भयो । हामीले अवलम्वन गरेको आर्थिक नीतिको कारण नेपाल स्वालम्वी भन्दा आयातमुखि अर्थतन्त्रको नकारात्मक असर परेको बताउनु भयो ।

 

कार्यक्रममा नेपाल मचेण्ट बैकर्स एसोशियसनका अध्यक्ष मेखबहादुर थापाले देशभर पूजीबजारका लागनीकर्ताहरु बीच सचेतना अभिवृद्धिका लागि नेपाल आर्थिक पत्रकार संघ संगको सहकार्य सचेतना कार्यक्रम संचालन गरेकोले त्यसबाट लाभ दिन लगानीकर्ताहरुलाई आग्रह गर्नु भयो ।  नेपाल आर्थिक पत्रकार संघ नाफिजका अध्यक्ष मोदनाथ ढकालले संघीयताको प्रर्वद्धन गर्न सचेतना कार्यक्रमले सहयोग गर्ने तथा देशभर छरिएर रहेको पूजीको संकलनका लागि एउटा महत्वपूर्ण माध्यम बन्ने बताउनु भयो ।

 

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...