ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा
Thursday Jun 30, 2022
वि.सं.२०७९ असार १६ बिहीवार २३:२२
काठमाडौं । ग्लोबल आईएमई बैंक अब ७७ वटै जिल्लामा पुगेको छ । बैंकले डोल्पाको दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुगेको हो । योसँगै ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक समेत ग्लोबल आइएमई बैंक नै बनेको छ ।
पछिल्लो पटक ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९ औं नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले अन्तर्राष्ट्रिय बजारमा समेत व्यवसायिक क्षेत्र विस्तार गर्दै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
























