Nabil Bank
prabhubank
nic bank

कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सफलतापुर्वक सम्पन्न

मिडिया स्पेस सोलुसन्स प्रालि

 

काठमाडौँ । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सफलतापुर्वक सम्पन्न भएको छ । नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्व देखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।

शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने “नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाँै र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन वहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरि सङ्गठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।’

एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाईदा लिन सक्छ भन्ने उद्धेश्यले प्रशिक्षणमा सहभागि भएको एक सहभागिले बताए । प्रशिक्षणमा सहभागि भएर आफुले अहिले प्रचलित श्रम ऐन तथा नियमावलीको बारेमा पनि जानकारी पाएको उनले बताए ।

साथै पायक पर्ने ठाउँँ र मिलनसार कर्मचारीहरुको सेवाले पनि प्रशिक्षण झनै रमाइलो भएको अर्का एक सहभागिले बताए । प्रतिष्ठित संस्थाहरुबाट आउनुभएका अनुभवि र दक्ष प्रशिक्षकहरुको प्रशिक्षण र वहाँँहरुको अनुभवबाट पनि अझै धेरै कुरा जान्ने र बुझ्ने मौका मिलेको सहभागिहरुले बताए । प्रशिक्षण अन्तरक्रियामुलक, जानकारीमुलक र रमाइलो भएको उनीहरुको प्रतिकृया थियो ।

तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ । इच्छुक व्यक्तिहरूले https://tinyurl.com/ytpuj4 मा लग इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।

ह्युमन रिसोर्सको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्ने र त्यसमै करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । एच् आर ट्रेनिङको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ५ शनिवार १७:२६

  काठमाडौँ यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६० सफ्टवेयर प्रयोग गर्ने सम्झौता

इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच बजेट ३६०...

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०८:५०

  काठमाडौँ . विगत २२ वर्षदेखि आइ.सि.टी क्षेत्रमा काम गर्दै...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय...

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०५:०८

    काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ :...

वि.सं.२०८१ जेठ ३ बिहीवार २३:४७

    काठमाडौं ३, जेठ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५४

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन : ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन :...

वि.सं.२०८१ जेठ ३ बिहीवार ०५:३४

  काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत...