CG Electronics
IME Life
NIMB

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा

NIMB
Himalayan Bank

 

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रो मा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो ।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “शाओमीले स्मार्टफोनहरूको सन्दर्भमा आफ्नो सिमा फराकिलो पार्दै विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ । हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौँ ।’

उत्कृष्ट फोटोग्राफी प्रदान गर्न फ्ल्यागशिप–स्तरको 108MP क्वाड क्यामेरा
क्यामेराको सन्दर्भमा रेड्मी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिना कुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ । हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि १०८ मेगापेक्सल मेन क्यामेरा, ८ मेगापेक्सल अल्ट्रा–वाइड–एंगल क्यामेरा, ११८ डिग्री भ्युइङ्ग एंगल, २ मेगापेक्सल म्याक्रो क्यामेरा, २ मेगा पेक्सलको देप्थ क्यामेरा र १६ मेगापेक्सलको फ्रन्ट क्यामेरा यस फोनमा समावेश गरिएको छ । जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्नको लागि १०८ मेगापिक्सल प्रो–ग्रेडको मेन क्यामेरामा Samsung HM2, 1/1.52 इन्चको ठूलो सेन्सर साइजको साथ 9–in–1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथसाथै डुअल नेटिभ आइएसओ समर्थन गर्दछ ।

67W टर्बो चार्जिङ र MediaTek Helio G96 द्वारा संचालित
रेड्मी नोट ११ प्रोमा पावर अपको लागि MediaTek Helio G96 प्रोसेसर रहेको छ भने यसको फ्ल्यागशिप 67W टर्बो चार्जिङले यसको 5000mAh उच्च क्षमताको ब्याट्री १५ मिनेटमै ५१% सम्म चार्ज गरिदिन्छ ।

ट्रेंडी फ्ल्याट–एज डिजाइनमा ज्ञद्दण्ज्श 120Hz FHD± AMOLED डट डिस्प्ले
20Hz डिस्प्ले रिफ्रेस रेटको साथ 6.67” FHD± AMOLED DotDisplay को साथ रेड्मी नोट ११ प्रो ले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन सुनिश्चित गर्दछ । ट्रेंडी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूको साथमा, रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोहरू हेर्नको लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्दछ ।

ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमा उपलब्द यी फोन 6GB+128GB and 8GB+128GB गरि दुइवटा स्टोरेज भेरियन्टमा उपलब्द छन् जसको मूल्य क्रमशः रु. ३४,९९९ र रु. ३६,९९९ रहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...