सानिमा मिडिल तमोर हाइड्रोले आईपीओ निष्कासन गर्ने
Saturday Jul 16, 2022
वि.सं.२०७९ असार ३२ शनिवार ११:०४
काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते, शुक्रबार सेबोनमा निवेदन पेश गरेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
























