nic bank
himalayan everesat
Nmb bank

गुराँस लाइफद्वारा बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए । कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रिय कार्यालय बिर्तामोडले मिती बिहिबार भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रम मार्फत भुक्तानी गरेको छ ।
उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघिपनि गुराँस लाइफले छिटो छरीतो दाबी भुक्तानी गरेको र कम्पनी प्रति आफ्नो विश्वास झनै बढेको बताए ।
उप–मेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आय अनुसार बिमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहात पाउने भएकोले जीवन बिमा अनिवार्य गर्न आफुले जनचेतना गराउने बताइन् । यसै सन्दर्भमा मेयर गणेश पोखरेलले बिमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउदै दाबी भुक्तानी सहज बनाउदै लगेकोमा गुराँस लाइफ प्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतक प्रति श्रद्घाञ्जली अर्पण गरे ।
कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रिय प्रमुख गिरधर श्रेष्ठले व्यक्तीको मृत्युको अपुरणीय क्षतिको भरपाई नहुने तर बिमाबाट प्राप्त रकमले आश्रीत परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै विमितको निधनले आफु मर्माहित भएको बताए । साथै बिमाको जनचेतना अभावले बिमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बिमा गराई ढुक्क हुन आग्रह गरे । उक्त कार्यक्रममा कम्पनी सहायक प्रबन्धक राजकुमार सिजापति, काँकरभिट्टा प्रमुख अस्मिता लिम्बु, भद्रपुर अण्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, भवानी खड्का, निशा फुयाल तथा अभिकर्ता, स्थानिय व्यक्ति पत्रकार तथा बुद्घिजीवीहरुको उपस्थिति रहेको उक्त कार्याक्रम क्षेत्रिय कार्यालयका जुनियर अफिसर अखिलेश्वर बोहराले संचालन गरेको र कार्यक्रम संयोजन काँकरभिट्टाका पुर्व शाखा प्रमुख याम बहादुर बुढाथोकीले गरेका थिए ।

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको...

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी...

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड...

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर...

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२०...

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:१४

    सुजल डेरीको 'सफल ह्याप्पी काउ मिल्क' अब काठमाडौँस्थित...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...