CG Electronics
IME Life
NIMB

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता

NIMB
Himalayan Bank

काठमाडौँ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।
नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाख सम्मको औषधी उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो । वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखको ६ घातक रोगहरुको बीमा, रु. २५ हजारको अवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता थप सुविधाको व्यवस्था गरेको छ ।

यसबाट ग्राहकलाई औषधी उपचार खर्च गरी बीमा बापत शोधभर्ना लिनुपर्ने झन्झटबाट छुट्कारा मिल्ने भएको छ । सानिमाका ग्राहकले आफ्नो बीमा पोलीसी नं. उपलब्ध गराएर औषधी उपचार गराउन सक्दछन् । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ ।

साथै भिसा नेटवर्कका एटीएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फस्र्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा आदिमा विशेष छुट प्रदान गरेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम सञ्चालनमा रहेका छन् ।

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक...

वि.सं.२०८३ असार २४ बुधवार ०७:५२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी...

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ प्यासेन्जर ३६०° क्याम्पेन सुरु

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३७

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार २२:२४

  नेपालगञ्ज, असार २३ — एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...