CG Electronics
IME Life
NIMB

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंक स्मार्ट एक्स्पी’, बैंकिङ ठगी रोकिने

NIMB
Himalayan Bank

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहु च्यानलमार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ । यसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ । सिद्धार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्न उही प्रमाण (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिने छ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणबीचको अन्तरसञ्चालनलगायतका थुप्रै सुविधा उपलब्ध छन् ।

बैंकका अनुसार सिद्धार्थ बैंक स्मार्ट एक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।

‘ग्राहकहरु मोबाइल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्,’ बैंकका एक अधिकारीले भने, ‘किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनीकरण गरिनेछ र प्रमाणित ग्राहकले मात्र मोबाइल बैंकिङ्गमार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन् ।’

सिदार्थ बैंक नेपाल राष्ट्रबैंकबाट इजाजतपत्र क वर्गको वित्तीय संस्था हो । सन् २००२ मा स्थापना भएको यस संस्थालाई नेपालको सबैभन्दा प्रभावशाली र व्यवसायिक बैंकको रुपमा लिइन्छ ।

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना फैलाउँदै वल्र्डलिंक

समुदायमा सुरक्षित इन्टरनेट र साइबर सुरक्षा सचेतना...

वि.सं.२०८३ असार २४ बुधवार १४:००

  काठमाडौं। वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक...

वि.सं.२०८३ असार २४ बुधवार ०७:५२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी...

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ प्यासेन्जर ३६०° क्याम्पेन सुरु

इनड्राइभ नेपालको ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३७

  काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा...

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा शोभा गुरुङ

घरेलु तथा साना उद्योग महासंघको नयाँ नेतृत्व...

वि.सं.२०८३ असार २३ मंगलवार २२:३३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले शोभा...

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार २२:२४

  नेपालगञ्ज, असार २३ — एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस–५ अब नेपालमा

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’...

वि.सं.२०८३ असार २३ मंगलवार २२:१३

  काठमाडौं । नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा...