CG Electronics
IME Life
Ncell NPL

भाइबरको आफ्नो डिजिटल वालेट र अन्य सुविधाहरूमा विस्तारका साथ एपसँग प्रयोगकर्ताहरूको अनुभवलाई सुधार गर्नमा प्राथमिकता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्ताहरूलाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ । भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् ।

प्रयोगकर्ताहरूलाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर ‘इन(एप’ पेमेन्ट सर्भिस सुरु गर्न तयार भइसकेको छ । बिल तिर्न, सामान खरिद गर्न र अन्य व्यक्तिहरूलाई पैसा ट्रान्सफर गर्नका लागि भाइबरको ‘पेमेन्ट सर्भिस’ बैंक अकाउण्ट एवम् भिजा र मास्टरकार्डसँग लिङ्क गर्न सकिनेछ ।

भाइबरले सुरुमा प्रोयगकर्ताहरूलाई निःशुल्क उपलब्ध ‘पियर(टू(पियर’ ट्रान्सफर सार्वजानिक गर्नेछ । उक्त सेवा यस गर्मीयामको अन्त्यतिर जर्मनी र ग्रिसमा उपलब्ध हुनेछ, यस सेवाको प्रारम्भिक कालमा, अन्य मार्केटहरूमा सार्वजनिक गर्न पहिले सेवालाई थप परिमार्जन गर्न आवश्यक कुराहरूबारे भाइबरले आफ्ना प्रयोगकर्ताहरूबाट सल्लाह(सुझाव लिनेछ ।

“उपस्थित व्यवधानहरू माझ कम्पनीको उद्देश्य प्राप्तिका निम्ति लागिरहँदा एक सिइओका हैसियतले राकुटेन भाइबरको उद्देश्य केन्द्रित टिमको नेतृत्व लिन र हिस्सा बन्न पाएकोमा म ज्यादै गौरवान्वित महसुस गरिरहेको छु । यसका साथै, प्रयोगकर्ताको अनुभवलाई सुधार गर्न र अन्ततः एक सुपर एप बन्नका लागि एप सञ्चालन र विस्तार गर्ने कुरामा हामी भाइबरको उच्च मापदण्ड र नवीन भावना कायम राख्न चाहन्छौँ । भाइबरले आज जुन प्रतिष्ठा आर्जेको छ त्यस स्थानमा ल्याई पुर्याउनका निम्ति हाम्रो यात्रामा साथ दिनुहुने सम्पूर्ण कर्मचारीहरूप्रति म सदैव आभार रहनेछु ।” ओफिर इयालले भने ।
“हाम्रो प्रयोगकर्ताहरू र यस संस्थालाई सेवा गर्नका निम्ति म आफ्नो जिम्मेवारीको अभिभारा पूर्ण रूपमा वहन गर्नेछु । यो यात्रा अवश्य चुनौतीपूर्ण हुनेछ तर प्रविधिको क्षेत्रमा हामीले दिएको बचन पूरा गर्न म लगायत मेरो संस्था पूर्ण रूपमा समर्पित छौँ ।”

गत वर्ष अगस्टमा भाइबरको सिइओमा नियुक्ति पाएका इयालले कम्पनीसँग गरेको ७ वर्षको यात्रामा कम्पनीको विकासमा र भाइबरलाई प्रयोगकर्ताहरूको थप नजिक ल्याउन अत्यन्तै महत्वपूर्ण योगदान दिएका छन् । सिइओमा नियुक्ति हुनअघि राकुटेन भाइबरमा भाइस प्रेसिडेन्ट अफ प्रडक्टको पदमा रहेका इयाल प्रयोगकर्ताको अनुभव, ग्राहकको सफलता, कण्टेण्ट र स्थानीयकरणजस्ता क्षेत्रहरू सम्हाल्दै आइरहेका थिए ।

हालै, भाइबरले गरिरहेको प्रगतिहरूले प्रयोगकर्ताहरूलाई एकअर्कासँग कम्यूनिकेट गर्न प्रोत्साहित गर्नुका साथै व्यापार र मनोरञ्जन दुवैमा उनीहरूको अनुभवलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने सुविधाहरू प्रदान गरेको छ। कम्पनीको सबैभन्दा उच्च पद सम्हालिरहेका इयालले कम्पनीको महत्वाकांक्षी उत्पादन विकास र बजार विस्तारका लागि गरिने प्रयासहरूको निरीक्षण गर्दछन् । यसका साथै, भाइबरले आफूलाई विश्वकै अग्र स्थानमा कायम राखिरहँदा, इयाल कम्पनीको विकासमा थप सहयोग पुग्ने नयाँनयाँ अवसरको अन्वेषणमा पनि लागि परेका छन् ।

एसीया पेसेफिक,पछिल्लो दिनहरूमा, भाइबर सबैभन्दा तिब्र गतिमा विकास भइरहेको क्षेत्रहरूमध्ये एक हो । यस क्षेत्रमा भाइबरको प्रयोगकर्ताहरू प्रत्येक वर्ष २० प्रतिशतको दरले बढिरहेका छन् र साझेदारी योजनाहरूलाई आफ्नो क्षेत्रमा नविन ढङ्गबाट निरन्तर सञ्चालन तथा कार्यान्वयन गर्दै आइरहेको छ । यस कुरालाई मध्य नजरमा राख्दै, एसीया पेसेफिक क्षेत्रमा भाइबरको लगानी जारी छ थप देश(विशेष साझेदारहरू उत्पादन गर्दै, रणनीति र अफरहरूलाई स्थानीयकरण गर्दै र भाइबर प्रयोगकर्ताहरूलाई फाइदाहरू उपलब्ध गराउँदै अझ शीघ्र गतिमा आफ्नो युजर वेश फैलाउन राकुटेन भाइबर पूर्ण रूपमा तयार भइसकेको छ ।

नेपालमा, ग्रुप च्याटमा ३८ प्रतिशत, ग्रुपमा पठाइएको मेसेजमा २६ प्रतिशत र कम्यूनिटी भ्यूवरमा ३९ प्रतिशत वृद्धिको साथ, नेपालमा भाइबर सबैभन्दा विशिष्ट र सर्वाधिक विश्वास गरिने एपमा पर्दछ । एपले नेपालमा व्यक्तिगत प्रयोगकर्ता लगायत ठूला(साना व्यवसाय र शैक्षिक संस्थाहरूबाट उल्लेखनीय रूपमा विश्वास र इमान्दारिता बटुलिसकेको छ ।

कोभिड-१९ को महामारीको बखत, आफ्नो आयमा २०(५० प्रतिशतसम्मको घाटा बेहोरिरहेका साना र ठूला व्यवसायहरूलाई गम्भीर रूपमा असर पारिरहेको थियो । र यी व्यवसायहरूको पुनरागमन गराउनका निम्ति राकुटेन भाइबरको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । उक्त व्यवसायीहरूलाई प्रभावकारी वान(टू(मेनी ९कम्यूनिटी र च्यानलमार्फत्० र वान(टू(वान कन्भर्शेसनल कमर्स ९ कम्यूनिटी र च्यानलमा कुरा गरिसकेपछि प्राइभेट मेसेजिङमार्फत् ० को माध्यमबाट आफ्ना व्यवसाय डिजिटल्ली लैजान मद्दत गर्दै भाइबरले उनीहरूलाई ज्यादै प्रभावशाली अवसरहरू प्रदान गर्यो ।

यसका अतिरिक्त, राकुटेन भाइबरले विद्यालय र शैक्षिक संस्थाहरूलाई आफ्ना शैक्षिक गतिविधिहरू सुदृढ गर्न मद्दत गरेर महत्त्वपूर्ण भूमिका खेलेको छ । एपले विभिन्न स्ट्रीमहरूमा अनेकन् अग्रणी च्यानलहरू लञ्च गरेको थियो । साथै, विभिन्न स्कुलहरूसँग मिली बनेको टीमले भर्खरै शैक्षिक वेबिनार पनि सफलतापूर्वक सञ्चालन गरेको छ, जहाँ सहभागीहरूलाई शैक्षिक गतिविधि र सिकाईमा भाइबरको विभिन्न सहयोगात्मक सुविधाहरूबारे विस्तृत प्रशिक्षण दिइएको थियो ।

भाइबरलाई अब कहाँ लैजाने भन्ने स्पष्टताको साथ, इयलको नेतृत्वले उत्पादन र सेवाको विकासमा भाइबरको निरन्तर वृद्धि र नयाँ बजारहरूमा विस्तार गर्नका साथै विश्वव्यापी मेसेजिङ र एप लेण्टस्केपमा भाइबरलाई एक प्रमुख र नवीन दावेदारको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

राकुटेन भाइबरको बारेमाः

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु(वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो । आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा छलफल

नाडा र भन्सार विभागबीच मूल्यसूची स्टिकर सम्बन्धमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार २२:०४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिमण्डलले...

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग हस्तान्तरण

प्रभु बैंकद्वारा एचआरडीसीलाई साढे ७ लाख सहयोग...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:४७

  काठमाडौं । प्रभु बैंक लिमिटेड ले आफ्नो संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:३१

काठमाडौं । महालक्ष्मी विकास बैंक ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

चर्को गर्मीमा सीजी (CG) को शक्तिशाली प्रहार: ‘स्मार्ट डोमेस्टिक एप्लायन्सेस’ अन्तर्गत नयाँ प्रिमियम स्ट्यान्ड फ्यान सार्वजनिक

चर्को गर्मीमा सीजी (CG) को शक्तिशाली प्रहार:...

वि.सं.२०८३ वैशाख १४ सोमवार २१:१९

काठमाडौँ । गर्मीलाई मध्यनजर गर्दै नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्ड...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट खुल्दै, ७.७८ लाख कित्ता शेयर सर्वसाधारणका लागि

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३९

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका...