CG Electronics
IME Life
NIMB

सम्पत्ति जोगाउन यी व्यवसायीले गरे नक्कली सम्बन्ध विच्छेद

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सक्कली विवाह नक्कली डिभोर्स गर्नेको भीडमा फेरि अर्को व्यवसायी थपिने भएका छन् । चार बर्ष अघि नै गुरु न्यौपानेले पत्नीसँग गरेको नक्कली डिभोर्स गरेकै शैलीमा इच्छाराज तमाङ पछि अर्को व्यवसायीले पनि नक्कली सम्बन्ध विच्छेद गरेको फेला परेको छ ।

एउटा कानुनी छिद्रको प्रयोग गर्दै एक पछि अर्को व्यवसायीहरु त्यही छिद्रमा खेलेर आफ्नो सम्पत्ति बचाउने दाउ गरिरहेका छन् ।यस अघि आफ्नो सम्पत्ति जोगाउने नाममा अहिले थुनामा रहेका इच्छराराज तामाङले श्रीमती सिर्जना शाक्यसँग नक्कली डिभोर्स गरेका थिए । व्यापारीहरुमा आफ्नो व्यावसायिक जीवनमा समस्या परेपछि कागजी सम्बन्ध विच्छेद गर्ने प्रचलन व्याप्त छ । जसरी गरिबका छोराछोरी अमेरिका,अष्ट्रेलिया जान नक्कली विवाह गरेर समस्यामा पर्दछन् । त्यस्को ठीक विपरित धनाढ्यहरु चाहिँ सम्पत्ति जोगाउने नाममा नक्कली डिभोर्स गरेर समस्यामा पर्ने थालेका छन् ।
यस अघि अर्का व्यवसायी गुरु न्यौपानेले आफ्नै वृद्ध पत्नी सावित्री न्यौपानेसँग नक्कली डिभोर्स गरेका थिए । उनले आफू समस्यामा परेपछि सम्पत्ति जोगाउन उनले पत्नीसँग कागजी सम्बन्ध विच्छेद गरेका थिए । त्यो नक्कली डिभोर्सका कारण उनको साढे दुई करोड सम्पत्ति जोगिएको थियो । जनता बैंकको अध्यक्ष भएका बेला न्यौपानेले श्रीमती सावित्रीदेवीका नाममा ८५ हजार कित्ता सेयर भित्री रुपमा किनेका (इन्साइडर ट्रेडिङ) गरेका थिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरिद गर्न पाइँदैन । यसरी न्यौपानेले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएपछि उनकी पत्नी सावित्रीदेवीको नाममा भएको सेयर जफत गर्न राष्ट्र बैंकले जनता बैंकलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि जनताले सावित्रीदेवीको नाममा रहेको सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति अघि नै चलाखी गरेर पत्नीलाई डिभोर्स मुद्धा हाल्न लगाइएको थियो । पछि तिनै डिभोर्स गरिएकी पत्नी बोकेर उनी लण्डन हानिएका थिए । न्यौपाने अहिले पनि डिभोर्स गरेका पत्नीसँगै बस्दै आएका छन् ।
यस्तै केही अघि इच्छाराज तमाङले पत्नी सृजनासँग नक्कली सम्बन्ध बिच्छेद गरेका थिए । अहिले हाइड्रोका डन ज्ञानेन्द्रलाल प्रधानले पनि नक्कली डिभोर्स गरेका छन् । नेपालको चर्चित हाइड्रो माफिया मानिएका उनै प्रधानले पत्नी विमलासँग नक्कली सम्बन्ध विच्छेद गरेको उच्च स्रोतले जनाएको छ । यसो गर्दा झण्डै उनको ६ करोड बच्ने बताइएको छ ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन दिने आज अन्तिम दिन, सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर बिक्री खुला

रिज लाइन इनर्जी लिमिटेड को आईपीओमा आवेदन...

वि.सं.२०८२ फागुन ४ सोमवार ०९:०६

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेड ले माघ २८...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...