CG Electronics
IME Life
NIMB

जनसवाल राष्ट्रिय दैनिक १६ औं वर्षमा प्रवेश

NIMB
Himalayan Bank

काठमाडौं । जनसवाल राष्ट्रिय दैनिक १६ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा गणतन्त्र स्थापनासँगै प्रारम्भ भएको जनसवाल रास्ट्रीय दैनिकले विभिन्न आरोह–अवरोहसँगै प्रकाशनको डेढ दशक पूरा गरेको हो । राजनीतिक, आर्थिक, सामाजिकसँगै गैरआवासीय नेपाली र वैदेशिक रोजगारका विषयलाई केन्द्रविन्दुमा राखेर जनसवाल रास्ट्रीय दैनिक प्रकाशन हुँदै आएको छ ।

सयमक्रमसँगै पाठकहरुका चाहना, अपेक्षा र आवश्यकताहरुलाई सम्बोधन गर्दै पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुपर्ने दायित्वमा अग्रसर हुँदै आएको जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले बताउँछन् । ‘पाठकलाई जस्तोसुकै अवस्थामा पनि सूचना प्रवाह गर्ने हाम्रो दायित्वलाई हामीले हाम्रा लाखौं पाठक, विज्ञापनदाता, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकसँग हातेमालो गर्दै अहिले पनि निरन्तररुपमा अगाडि बढिरहेका छौं । हाम्रो यो सुनौलो यात्राको साक्षीको रुपमा हामीलाई सदैव साथ दिनुहुने सम्पूर्ण नेपाली तथा गैर आवासीय नेपालीमा सोह्रौं वार्षिकोत्सवको यो खुशीको क्षणलाई बाँडदै हाम्रो यात्रा थप प्रभावकारी, पूर्ण र निरन्तरता बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रो यात्रामा सधैंझैं भविष्यमा पनि यहाँहरुको साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौं’, बगालेले बताए ।जनसवाल पब्लिकेसनबाट जनसवाल दैनिकसँगै जनदबाब साप्ताहिक, अर्थ–रोजगार टेलिभिजन कार्यक्रम तथा जनसवाल डटकम सञ्चालन हुँदै आएका छन । यसैक्रममा वार्षिकोत्सवकै अवसर पारेर केही समयमै जनसवाल टेलिभिजन सञ्चाल गर्ने पब्लिकेशनका अध्यक्ष रामजी बगालेले जानकारी दिए ।

सोर्हौ बार्षिकोत्सवका अवसरमा आज जनसवाल रास्ट्रीय दैनिकको केन्द्रिय कार्यालय दरवारमार्गमा केक काटि बार्षिकोत्सव कार्यक्रम मनाईयो । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एबं बरिस्ठ पत्रकार महेश्वर दाहाल,गैर आवासीय नेपाली संघ एनआरएनएका आईसिसि उपाध्यक्ष धर्मराज अधिकारी,रोविन्द प्रसाद श्रेस्ठ(गोबिन्द),समावेसी मासिकका संपादक एबं बरिस्ठ पत्रकार खिला बहादुर भण्डारी,नेपाल पत्रकार महासंघका लेखा समिती संयोजक लेखनाथ न्यौपाने,केन्द्रिय सदस्य ज्ञान प्रसाद पौडेल,गैर आवासीय नेपाली संघ एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुंगाना,प्रेस सेन्टर नेपाल केन्द्रिय समितिका महासचिव सन्तोष पौडेल,नेपाल पत्रकार महासंघ काठमाण्डुका अध्यक्ष सुर्य सुवेदी,नेपाल पत्रकार महासंघ ललितपुरका सचिव रामहरी कार्की,बैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष ऊद्दव भट्टराईलगाएत विभिन्न संचारमाध्यमका पत्रकार,विभिन्न देशबाट आएका गैर आवासीय नेपालीहरु,बिभिन्न ब्यावसायिक घरानाका प्रतिनिधिहरु,जनसवाल रास्ट्रीय दैनिकका पत्रकारहरु र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा उपस्थित सबैले जनसवाल रास्ट्रीय दैनिकको बार्षिकोत्सवका अवसरमा शुभकामना ब्यक्त गरेका थिए । उनिहरूले प्रिण्ट मिडियाका समस्याका बारेमा जानकारी गराउदै जनसवाल रास्ट्रीय दैनिकले अझै बर्षौ बार्षिकोत्सव मनाईरहन सफल होस भन्दै शुभकामना ब्यक्त गरे ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...