CG Electronics
IME Life
NIMB

मनपरी शुल्क असुल्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई झड्का,शुल्क घटाउन हुने भयो बाध्य

NIMB
Himalayan Bank

काठमाडाैँ । निर्देशिकाको परिच्छेद ४ मा विविध शीर्षक अन्तर्गत सेवा शुल्क लिन सक्ने व्यवस्थामा बुँदा नम्बर १२ उपदफा ९१० मा बैंक वा वित्तीय संस्थाले निर्देशिका बमोजिम धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत बढीमा १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था छ ।

आश्वा शुल्क वापत सबैभन्दा बढी रकम असुल्दै आएको स्ट्याण्डर्ड चार्टड बैंकलाई झट्का लाग्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आश्वा शुल्कमा मनपरी शुल्क असुल्दै आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकसहितका २० बै।कलाई आश्वा शुल्क घटाउन निर्देशन दिएको छ ।

धितोपत्र वोर्डले आश्वा शुल्कमा अबदेखि ५ रुपैंयाभन्दा बढी शुल्क लिन नपाउने निर्देशन दिएको हो । वोर्डको सञ्चालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउने गरि आवश्यक ब्यबस्था गर्ने निर्णय गरेको हो ।

अहिले विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंक १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् ।

हाल नबिल बैंक,एनआइसी एसिया,मेगा बैंक कुमारी बैंकले यो सेवा निशुल्क प्रदान गरिरहेका छन् ।
धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०७३ बैंक तथा वित्तीय संस्थाले आस्वा सेवा उपलब्ध गराए वापत लिन पाउने शुल्कको व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार बैंकहरुले आश्वा शुल्क लिदैं आएका छन् ।

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...