CG Electronics
IME Life
NIMB

डिजी पे र स्टार हस्पिटलबीच बिशेष सहकार्य गर्ने सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । डिजी पे प्रालि र स्टार हस्पिटल बीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो । यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घरदैलो योजना अन्तर्गत डिजी पे मा आबद्ध हुने सम्पूर्ण व्यवसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८२५ रुपैयाँको दुइवटा एक हजार ६५० बराबर ओपीडी टिकट निशुल्क पाउने छन्र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र बिसेष सहकार्यमा आबद्ध हुन पाउनुमा खुशी व्यक्त गरेका छन् । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।
त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो एक प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो र उपलब्धि हो । यसैगरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसंग सम्बन्धित व्यवसायी तथा ग्राहकलाइ थप अफर तथा सुबिधा दिने योजना रहेको बताए । सम्झौता पत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा स्टार हस्पिटल र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...