CG Electronics
IME Life
NIMB

जीवन बीमा कम्पनीमध्ये १७ वटाले कर्मचारीको बोनसका लागि छुट्याए ३३ करोड

NIMB
Himalayan Bank

काठमाडौं । जीवन बीमा कम्पनीका कर्मचारीको बोनस घटेको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ वटाले कर्मचारी बोनस व्यवस्थाका लागि ३२ करोड ९७ लाख १५ हजार रूपैयाँ छुट्याएका छन् ।

जुन अघिल्लो आवको तुलनामा २३.५६ प्रतिशतले कम हो । अघिल्लो १९ जीवन बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्थाका लागि ४३ करोड १३ लाख २९ हजार रूपैयाँ छुट्याएका थिए । नेपाल लाइफ र एलआईसी नेपाल गत आवमा नोक्सानीमा छन् । नोक्सानीमा गएका यी दुवै कम्पनीले कर्मचारीका लागि बोनस छुट्याएका छैनन् । नेपाल लाइफले अघिल्लो आवमा कर्मचारी बोनस व्यवस्था शीर्षकमा ६ करोड ८५ लाख ७० हजार रूपैयाँ छुट्याएको थियो ।

एलआईसीले अघिल्लो आवमा कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ६४ लाख ३५ हजार रूपैयाँ छुट्याएको थियो । तथ्यांकअनुसार गत आवमा ६ वटा जीवन बीमा कम्पनीको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम घटेको छ । गत आवमा सूर्या लाइफ, यूनियन लाइफ, प्रभु लाइफ, मेट लाइफ, एशियन लाइफ र प्राइम लाइफका कर्मचारीले पाउने बोनस घटेको हो । गत आवको तुलनामा सूर्या लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम ३२.७४ प्रतिशत, यूनियन लाइफको ९०.२३ प्रतिशत, मेट लाइफको २७.४० प्रतिशत, प्रभु लाइफको ५७.४३ प्रतिशत र प्राइम लाइफको २८.६१ प्रतिशतले घटेको हो । नेशनलले छुट्यायो सर्वाधिक, सन नेपालको शतप्रतिशत बढ्यो

महालक्ष्मी लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, गुराँस लाइफ, सानिमा लाइफ, एशियन लाइफ, राष्ट्रिय बीमा संस्थान, आइएमई लाइफ, सिटिजन लाइफ र ज्योति लाइफका कर्मचारीले पाउने बोनस बढेको छ । कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कर्मचारी बोनस व्यवस्थाका लागि धेरै रकम छुट्याउने कम्पनीमा नेशनल लाइफ परेको छ । नेशनलले गत आवमा ५ करोड ३२ लाख रूपैयाँ छुट्याएको छ । अघिल्ला आवमा इन्स्योरेन्सले ४ करोड ८२ लाख रूपैयाँ छुट्याएको थियो ।

गत आवमा मेट लाइफले कर्मचारी बोनस व्यवस्थाका लागि ३ करोड ७ लाख ३४ हजार रूपैयाँ छुट्याएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आवमा कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ७४ करोड ८७ लाख रूपैयाँ छुट्याएको छ । गत आवमा ज्योतिले २ करोड ६५ लाख ७७ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्थाका लागि १ करोड ४४ लाख ४६ हजार रूपैयाँ छुट्याएको थियो ।

सिटिजन लाइफले २ करोड ९ लाख १८ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले कर्मचरी बोनस व्यवस्थाका लागि २ करोड ८ लाख ८० हजार रूपैयाँ छुट्याएको थियो । गत आवमा प्राइमले कर्मचारी बोनस व्यवस्थाका लागि २ करोड ४४ लाख ५४ हजार रूपैयाँ छुट्याएको छ । अघिल्लो आवको तुलनामा सन नेपाल लाइफको कर्मचारी बोनस व्यवस्थाका लागि छुट्याएको रकम १०२.२६ प्रतिशतले वृद्धि भई २ करोड ३८ लाख ४५ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा इन्स्योरेन्सले कर्मचारी बोनस व्यवस्थाका लागि १ रकोड १७ लाख ८९ हजार रूपैयाँ छुट्याएको थियो ।

महालक्ष्मी लाइफले १ करोड २० लाख, रिलायन्स लाइफले १ करोड ३५ लाख ७० हजार रूपैयाँ, रिलायबल नेपाल २ करोड ७४ लाख ८७ हजार रूपैयाँ छुट्याएका छन् । गुराँस लाइफले १ करोड ७५ लाख ११ हजार रूपैयाँ, सानिमा लाइफले १ करोड ७६ लाख ७९ हजार रूपैयाँ, राष्ट्रिय बीमा संस्थानले ५७ लाख ७०हजार रूपैयाँ, आइएमई लाइफले १ करोड ५० लाख रूपैयाँ छुट्याएका छन् ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...