NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ भदौ १ सोमवार

skip this leapmotornepal (citroen)

एनसीसी बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
leapmotornepal (citroen)

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आयोजना तथा सन इन्फोटेकको संयोजकत्वमाभाद्र १७ गते ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।

यसै गरी वहांले एन सी सी. बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पार्नु भयो। प्रस्तुतिको क्रममा वहांले बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाइ प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पार्नु भएको थियो।Ed-markCivil Bank

यसै गरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिनु भएको थियो। साथै, वहांले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पार्नु भएको थियो। कार्यक्रमको अन्तमा सहभागीहरुले उठाएका जिज्ञासाहरूसंग सम्बन्धित अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष देवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको उपस्थिती रहेको थियो।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५०

  काठमाडौँ । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई डीडी २.० वासर एन्ड ड्रायर

नेपालको मनसुनलाई ध्यानमा राख्दै एलजीले ल्यायो एआई...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:४२

काठमाडौं । मनसुनको समयमा लगातार वर्षा र उच्च आर्द्रताका कारण...

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

बीएमसीको क्याम्ब्रिज एएस एन्ड ए लेभल परीक्षामा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:३४

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गत रहेको ब्रिटिश मोडल कलेज (बीएमसी)ले...

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट, निःशुल्क बीमा लगायत थप सुविधाका साथ सुजुकीको चाडपर्व योजना

“सुजुकी पर्वोत्सव” — दशैं–तिहार अवसरमा नगद छुट,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२७

काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै सुजुकी नेपालले ‘सुजुकी पर्वोत्सव’ नामक...

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा र उद्योगबीच सहकार्य आवश्यक रहेको सरोकारवालाको निष्कर्ष

युवालाई विदेशिन बाध्य होइन, रोजाइ बनाउन शिक्षा...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:२०

काठमाडौं । नेपालमा युवालाई स्वदेशमै पर्याप्त अवसर सिर्जना गरी विदेशिने...