CG Electronics
IME Life
NIMB

लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा तालिम सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा तालिम सम्पन्न गरेको छ ।

कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम र बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको हो ।

कम्पनीले भदौ ९ गतेदेखि ११ गतेसम्म संखुवासभाको खाँदबारीमा ३० जना सहभागीहरुलाई ३ दिने कृषि, पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान गरेको थियो । भदौ ११ गते नै कम्पनीले खांदबारीमा नै बीमा सचेतना कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

त्यसैगरी, कम्पनीले भदौ १२ गते षडानन्द नगरपालिकामा ३८ जनालाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १३ गते संखुवासभाको धर्मदेवी नगरपालिकामा ४० जना सहभागीहरुलाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १५ गतेदेखि १७ गतेसम्म झापाको दमक नगरपालिकामा ३५ जना सहभागीहरुलाई ३ दिने निर्जिवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको थियो ।

कार्यक्रमहरुमा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले तालिम दिएका थिए भने कार्यक्रमको व्यवस्थापन कम्पनीका स्थानिय शाखा कार्यालयहरुले गरेका थिए ।

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले लिए शपथ

लिवर्टी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षले...

वि.सं.२०८३ असार ३० मंगलवार २०:३१

  काठमाडौं, असार ३०। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले...

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले पुर्वानुमान गरेकै विशेष मूल्यमा गाडी खरिद गर्न सक्ने

प्रोटोन इ.मास ५ को बुकिङ खुला :...

वि.सं.२०८३ असार ३० मंगलवार २०:२२

  काठमाडौँ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा...

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...