नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित नबिल जेन अल्फा
Wednesday Sep 14, 2022
वि.सं.२०७९ भदौ २९ बुधवार १२:५९
काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारि नविल बैकले नेपालमै पहिलो पटक एपमा आधारित ‘ नबिल जेन अल्फा ‘ स्किम सार्वजनिक गरेको छ ।
नबिल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुङ्गानाका साथ अरु विशिष्ठ अतिथीहरुको उपस्थितिमा नविल जेन अल्फाको सार्वजनिक गरिएको हो ।
‘ नबिल जेन अल्फा ‘ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको र अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न , सेट गर्न र तोक्न सक्ने बैंकले जनाएको हो ।बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ भने यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । 
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज , पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका निभाउनेछ भन्नेमा नबिल बैंकले पूर्ण विश्वास लिएको छ ।
बैंकका अनुसार यस योजना अन्तंगत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा तथा बालबालिकाहरुलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरु प्रदान गरिएको छ ।
नेपाली रुपैयामा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्ष सम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप , प्ले स्टोर तथा एप्पल स्टोर बाट डाउनलोड गर्न सकिनेछ ।




























