Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

अध्यन्तलाई धितोपत्र बोर्डबाट लगानी कोष प्रवन्धकको इजाजत

Machhapuchchhre Bank Limited

काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकको रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन – विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त सो इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति दिएको छ ।

आध्यन्तले लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसायहरू र नवीन उद्यमहरूलाई पूँजीमा पहुँच प्रदान गर्नेछ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार, सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ । आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए । उनले भने– हामी सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्नेछौं ।

आध्यन्तको बारेमा :-
आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवम् भेन्चर क्यापिटल कोष संचालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमहरूका लागि पूँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने हो । हामीले लगानीलाई पहुँचयोग्य बनाएर र संगठित रूपमा उद्यमीहरूलाई संलग्न गराएर, सँगै जोखिम वहन गर्ने र हरेक पाइलामा उनीहरूलाई सहयोग गरेर नेपाललाई दिगो विकासका लक्ष्यहरू प्राप्ति गरी मध्य–आय भएको देशमा स्तरोन्नति गर्नेतर्फ सहयात्री बन्ने योजना बनाएका छौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, र लक्ष्मी बैंक लिमिटेड जस्ता संस्थागत लगानीकर्ताहरू र विभिन्न क्षेत्रका विज्ञद्वारा प्रवद्र्धित आध्यन्त नेपालमा पूंजी परिचालन मार्फत आर्थिक विकासका लागी सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट मोडेलका रूपमा स्थापना भएको छ ।

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति रिचर्ड नेपालमा

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३०

  काठमाडौंं । यूनिभर्सिटी अफ रोह्याम्पटनका सहायक उपकुलपति (वाणिज्य) प्राध्यापक...

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८ गतेदेखि भृकुटीमण्डपमा

दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन ८...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:१४

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण आगामी फागुन ८...

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर बिक्री सुरु

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी एनएक्सटी सिरिजका एक्साभेटर...

वि.सं.२०८१ फागुन ६ मंगलवार २२:१३

  काठमाडौं । काठमाडौंमा एमडब्ल्यू अर्थमुभर्स प्रा.लि.ले नेपाली बजारमा जेसीबी...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...