CG Electronics
IME Life
Ncell NPL

‘सर्वोत्कृष्ट’ निजामती सेवाकै कर्मचारी २४१ जन हुँदैछन विभूषित

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । दुई साता अघि अर्थात भदौं २२ मा सरकारले एउटै सर्वोत्कृष्ट कर्मचारी भेटेन तर संविधान दिवसका दिन तक्मा थाप्ने कर्मचारीको संख्या २४१ जना भेटिएको छ ।

निजामती सेवा नियमावली २०५० को ११६ ९क० बमोजिम हरेक वर्ष एक जनालाई दुई लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, ३० जनालाई जनही ५० हजार रुपैयाँसहित निजामती सेवा पुरस्कार र १० जनालाई जनही एक लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिदै आएको भए पनि विगत ८ वर्षयता सरकारले ‘सर्वोत्कृष्ट कर्मचारी’ भेट्न सकेको छैन ।

न त घोषित ‘उत्कृष्ट’ के काम गरेर उत्कृष्ट भएका हुन त्यस्को औचित्य नै खुलाइएको छ । २२ भदौंमा सर्वोत्कृष्ट कर्मचारी कोही भेटिदैनन तर असोज ३ मा संविधानका दिवसका अवसरमा विभूषण, मानपदवी, अलंकार र पदक र विभूषण थाप्नेमा सबैभन्दा बढी सरकारी कर्मचारी नै देखिन्छन् वा भेटिन्छन् ।

यो पटकको विवरण केलाउँदा ९९८ जना विभूषित हुन लागेकामा सरकारी निजामती सेवा तर्फका कर्मचारीको संख्यामात्र २४१ जना रहेको देखिन्छ ।

सरकारले ८० हजारभन्दा बढी कर्मचारीको भीडमा एक जना पनि सर्वोत्कृष्ट कर्मचारी किन फेला पार्न सकेन रु होइन भने दुई साता पछि मनाइने संविधान दिवसका दिन तक्मा र विभुषण थाप्नेमा सबैभन्दा बढी कर्मचारी नै किन,कसरी र के आधारमा पर्दछन् रु

तक्मा, विभुषण थाप्नेमा हरेक पटक सयभन्दा बढी कर्मचारीहरु नै परेका हुन्छन् । के उसो हो भने देशको सर्वोच्च निकाय राष्ट्रपतिको हातबाट प्रदान गरिने तक्मा सर्वोत्कृष्ट पुरस्कारभन्दा कमसल हो रु यो बिषय खोज्ने कस्ले रु यस्मा चासो र चिन्ता लिने कस्ले रु

यस बर्ष सचिव एकनारायण अर्याल,डा पेमनारायण कँडेल,कृष्णहरि पुष्कर,लीलादेवी गड्तौलादेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितका ५ कर्मचारीलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषण गर्न लागिएको छ ।

यस्तै अर्जुनप्रसाद पोखरेल,डा दामोदर रेग्मी,देवेन्द्रराज ढकाल,गोकर्णमणि दुवाडीसहित सहसचिवहरु मनोज सिलवाल,मदन दाहाल प्रदीप कुमार कोइराला,दीपक शर्मा,कोमकल बहादुर खत्री,नारायण प्रसाद अर्याल,इन्द्रमणि पोखरेल,शिवराम पोखरेल,खेमराज कोइराला,प्रेमप्रसाद पौडेल,यज्ञ प्रसाद अधिकारी,तिर्थ भट्टराई,सागर आचार्य,रोशनी श्रेष्ठ,विष्णुराज ढकाल,अनिता निरौलासहितका ६४ कर्मचारीले सुप्रवल जनसेवाश्रीबाट विभूषित हुने भएका छन् ।

यस्तै प्रवल जनसेवाश्रीबाट उपसचिव तहका कर्मचारी विभूषित हुँदैछन् । जुन तक्मा पाउनेमा ११९ जना कर्मचारी छन् । यस्का अलवा अन्य ५३ कर्मचारीले विभिन्न पदक पाउनेको सूचीमा छन् । यो पटक ९९८ व्यक्तिलाई पदक दिँइदा २४१ जना कर्मचारी छन् ।

यस्तै स्वास्थ्य सेवातर्फबाट यो पटक सुप्रबल जनसेवाश्री १७ जना डाक्टरले पाएका छन् । यस्तै प्रवल जनसेवाश्रीबाट २४,जनसेवाश्रीबाट १५ र ५ जनालाई अलकांर गरी स्वास्थ्य सेवातर्फका ६१ जना चिकित्सक तथा स्वास्थ्यकर्मी विभूषित हुनेको सूचीमा छन् । स्वास्थ्य र निजामती सेवाका कर्मचारी जोड्ने हो भने ३०२ जना सरकारी कर्मचारीले यस बर्ष तक्मा तथा विभूषण पाएका छन् ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...