बीवाइडीको ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टर सुरु
Monday Sep 19, 2022
वि.सं.२०७९ असोज ३ सोमवार २२:२६
काठमाडौं । बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो भव्य सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले गरेका थिए । नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तव्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौँ । बढ्दो विद्युतीय सवारीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेवारी हो । त्यो जिम्मेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौँ ।’

करिब २७ हजार स्क्वायर फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमा घिसिङले भने, ‘यस्ता सर्भिस सेन्टरहरू निर्माण हुनुपर्छ । देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सके मात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ ।’ अहिले ६ वटा वे निर्माण गरेर सञ्चालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्ने गरी तयार गरिएको छ ।




























