CG Electronics
IME Life
Ncell NPL

१ अर्ब युनिट विद्युत् भारततर्फ निर्यात हुँदा झण्डै ८ अर्ब आम्दानी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । भारततर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँमा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ ।

यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । आजको नागरिक दैनिकबाट

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

सगरमाथा आधार शिविरमा माउन्टेन गाइड घिमिरेको मृत्यु

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:५२

काठमाडौं । सगरमाथा आधार शिविरमा एक नेपाली गाइडको मृत्यु भएको...

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३९

ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी काठमाडौं...

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

भरतपुर विद्युतका २८१ ग्राहक कालोसूचीमा

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२०

चितवन । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत...