CG Electronics
IME Life
NIMB

अध्यागमनका कर्मचारीको लापरवाहीले दुरुपयोग हुन्छ विमानस्थलको विशिष्ट कक्ष

NIMB
Himalayan Bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ ।

नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स (यूएई)को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो । परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे पत्राचार गरेको थियो ।

सो भ्रमण टोलीसँगै ठगी आरोपमा नेपाल प्रहरीको खोजी सूचीमा रहेका सुनसरीका ३० वर्षीय रिजवान आलम फरार भएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय तथा नयाँ बानेश्वर प्रहरी वृत्तको टोलीले आलमलाई सोही दिन राति १० बजे नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको थियो । विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग भएकोबारे छानबिन गर्न त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले छानबिन समिति बनाएको थियो । नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले अध्यागमन विभागले यात्रुको विवरण समयमा उपलब्ध नगराएका कारण आरोपी विशिष्ट कक्षबाटै फरार भएको निष्कर्ष निकालेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले छानबिनक्रममा विशिष्ट कक्ष दुरुपयोग भएको देखिएपछि कर्मचारीलाई सचेत गराइएको जानकारी दिए ।

उहाँले कुन यात्रु अपराधी हुन् वा होइनन् भन्नेबारे नागरिक उड्डयन कार्यालयलाई जानकारी नहुने बताउँदै भने, “विमानस्थल प्रयोग गर्ने यात्रुको विवरण अध्यागमन विभागसँग हुन्छ । फरार अभियुक्तबारे सूचना आउन ढिला हुँदा कमजोरी भएको देखियो ।”

उनले विमानस्थलमा एड्भान्स प्यासेन्जर इन्फरमेसन सिस्टम (एपीआईएस) प्रयोगमा ल्याउन ढिलाइ भएका कारण यस्ता समस्या बेलाबेला दोहोरिने गरेको स्वीकारे । आजको गोरखापत्र दैनिकबाट

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...