CG Electronics
IME Life
Ncell NPL

श्रमजीवि पत्रकारलाई हटाउन थालेपछि त्यसको विरुद्धमा राससमा धर्ना, अबको आन्दोलन पत्रकार महासंघले गर्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । वर्षाैदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।

पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवि पत्रकार विरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी÷ करार÷ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरुको सहभागितामा राससमा धर्ना दिइएको हो ।

धर्नापछि आयोजित विरोध समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरीले पत्रकार विरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिनुभयो ।

उहाँले छिट्टै बैठक बसेर महासंघ कै नेतृत्वमा आन्दोलनको नयां कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीविको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पार्नुभयो । उहाँले अबको आन्दोलनको अगुवाई महासंघले गर्ने पनि जानकारी दिनुभयो ।

महासचिव पुरीले महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नविकरण गर्न माग गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पुर्व अध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताउनुभयो ।

उहाँले दीर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।

संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति ऐक्यवद्वता जनाउदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

समाजवादी प्रेस संगठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारको अधिकार सुनिश्चित गरी उनीहरुलाई न्याय दिन रासस व्यवस्थापनसँग अनुरोध गर्नुभयो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवि पत्रकारलाई निश्कासन गरे प्रेस चौतारी कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

उहाँले राससका २२ जना श्रमजीवि पत्रकारलाई हटाइएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिदै त्यस्तो अबस्था आउने छैन भन्ने विश्वास व्यक्त गर्नुभयो ।

श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवि पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारलाई हटाउँछु भन्ने कल्पनासमेत नगर्न चेतावनी दिनुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजी श्रमजीवि पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न व्यवस्थापनलाई सुझाव दिनुभयो ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे थप कडा आन्दोलन गर्ने चेतावनि दिनुभयो ।

समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउने नियत रासस व्यवस्थापनको देखिएको बताउँदै त्यसविरुद्ध आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताउनुभयो ।

राससका पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुदै नियत राखेर २० वर्षदेखि कार्यरत रहेका श्रमजीविलाई हटाउन खोजेको जानकारी गराउनुभयो । उहाँले रोजगारी सुनिश्चितता नहँुदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।

प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बाँस्तोलाले पत्रकार महासंघका पुर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवि पत्रकारलाई हटाउन खोज्नु लाजमर्दाे विषय भएको बताउनुभयो । उहाँले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चतता गर्न माग गर्नुभयो ।

रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पत्रकारलाई निष्कासन गर्ने सवालमा साथ नरहने बताउनुभयो । उहाँले ति पत्रकारको रोजगारी गुम्न नदिनका लागि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाल पत्रकार महासंघ अगुवाईमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रिय कार्यालयमा आज दिउँसो १ बजेबाट ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो ।

राससका अस्थायी÷करार÷ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

बैशाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:४९

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन...

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक : प्रचण्ड

कम्युनिस्ट एकता र नयाँ ढंगको आन्दोलन आवश्यक...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:३२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ : रवि लामिछाने

नीति मन्थनबाट उठेका विषय मुलुकको नीति बन्नुपर्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले...

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै बालबालिकामा लगानी गर्न जोड

बाल पोषण भत्ता ७७ जिल्लामै बिस्तार गर्दै...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:१४

काठमाडौं । बाल पोषण भत्ता सबै जिल्लामा बिस्तार गर्न तथा...

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...