CG Electronics
IME Life
Ncell NPL

भिभो भी २५ सिरिज : उत्कृष्ट क्यामेरा विशेषताका साथ आकर्षक स्मार्टफोन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । स्मार्ट फोनहरूमा प्रदर्शन, गति, स्टोरेज, डिजाइन र मूल्य जस्ता सबै पक्षहरुलाई मध्यनजर गर्दै नवीनतम टेक्नोलोजीमा केन्द्रित हुनु बहु–आयामी हो । त्यसैले, एक अग्रणी स्मार्टफोन ब्रान्डको रूपमा, भिभोले आजका युवाहरूलाई उनीहरूको व्यावसायिक र व्यक्तिगत प्रयासहरूमा सशक्त बनाउन आफ्नो आविष्कारहरू समर्पित गर्दै आइरहेको छ ।

भी सिरिजका प्रत्येक स्मार्टफोनमा पूर्ववर्ती भन्दा केही नयाँ र अद्वितीय विशेषताहरु थप्नका साथै डिजाइन र कार्यसम्पादनको बीचमा राम्रो सन्तुलन कायम गरेर अझ आकर्षक बनाइएको कम्पनीले जनाएको छ । त्यस्तै, पछिल्लो भी सिरिजका स्मार्टफोनहरू – भी २५ फाइभजी र भी२५ई ले उत्कृष्ट स्टाइल र डिजाइनमा अन्य सबैलाई उछिनेका छन् ।

भिभो भी२५ सिरिजमा अद्भूत कलर–चेन्जिङ ग्लास प्रविधि समावेश गरिएको छ, जसले सूर्यको प्रकाशमा पर्दा स्मार्टफोनको रङलाई नयाँ रङमा परिवर्तन गर्ने कम्पनीले जनाएको छ । यस्तै एउटै ह्यान्डसेटमा दुईवटा रङको सम्भावनालाई समावेश गरेर, भिभोले विविधता र नवीनताको अर्थलाई पुनः परिभाषित गर्दै नयाँ उपलब्धिलाई सफलतापूर्वक मापन गरेको छ ।

भिभो भी २५ सिरिजले आफ्नो रङ परिवर्तन गर्ने प्रविधिको माध्यमबाट बोल्ड अभिव्यक्ति झल्काएको छ । साथै, यसले फ्ल्याट फ्रेम र फ्लोराइट एजी ग्लास पनि प्रदान गर्दछ जुन फिंगरप्रिन्ट प्रतिरोधी छ र मिनिमलिस्टिक, परिष्कृत एवं स्टाइलिश लुकको साथ स्थिरता सुनिश्चित गर्दछ । कार्यक्षमताको सन्दर्भमा, यी सुविधाहरूले स्मार्टफोनलाई पकड्न र बोक्न सजिलो बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ भी२५ सिरिज उत्कृष्ट क्यामेरा क्षमताहरू र सहज इमेजिङ प्रविधिको साथ आउँछ । भी२५ फाइभजी र भी २५ ई मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसले कम प्रकाशमा पनि अल्ट्रा–एचडी फोटाहरू र भिडियोहरू खिच्ने कम्पनीको भनाइ छ । पछाडिको क्यामेराले प्रयोगकर्ताहरूलाई हाइब्रिड इमेज स्थिरता प्रदान गर्दछ जसले अप्टिकल इमेज स्थिरीकरण (ओआईएस) र इलेक्ट्रोनिक इमेज स्थिरीकरण (ईआईएस) को संयोजनले क्यामेरा हल्लिरहेको बेलामा पनि स्पष्ट भिडियोहरू खिच्न मद्दत गर्दछ । यस्तै प्रयोगकर्ताहरूलाई जीवन्त विवरणहरू सहित भिडियोहरू रेकर्ड गर्न अनुमति दिन्छ ।

भी२५ सिरिजमा बोकेह फ्लेयर पोट्र्रेट छ जसले डुअल क्यामेरा प्रणाली र एआई एल्गोरिदमको प्रयोग गरेर प्वाइन्ट लाइट स्रोतहरूलाई ब्याकग्राउन्डमा प्रशोधन गरी शुन्दर फ्लेयर बोकेहमा परिणत गरी रात्रि फोटोग्राफीको अनुभवलाई उत्कृष्ट बनाउँछ र आकर्षक तस्बिरहरू लिन मद्दत गर्दछ । त्यस्तै भी२५ फाइभजी मा ५०एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फी अनुभव प्रदान गर्दछ ।

भी२५ई मा ३२एमपी एफएफ फ्रन्ट क्यामेरा प्रदान गर्दछ जसले आफ्ना प्रयोगकर्ताहरूलाई फोटोग्राफी मापदण्डहरू पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधि प्रदान गर्दछ । त्यस्तै प्रिमियम क्वालिटीको भिडियोहरु सहजै बनाउँनका लागि भिभो भी२५ सिरिजमा उन्नत भिडियो–सम्पादन सफ्टवेयर छ ।

भिभो भी२५ सिरिजमा ४४ वाट फ्ल्यास चार्ज छ जसले फोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न सक्षम बनाउँछ । त्यस्तै ४५०० एमएएच को विशाल ब्याट्रीले प्रयोगकर्ताहरूलाई बिना कुनै चिन्ता आफ्नो उपकरणहरूमा रमाइलो गर्न र अधिक समय बिताउन अनुमति दिन्छ ।

भी२५ सिरिजको उच्च कार्यसम्पादनको बारेमा कुरा गर्दा, दुबै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्– भी २५ फाइभजी मा मिडियाटेक डाइमेन्सटी ९०० प्रोसेसर छ र भी २५ ई मा मिडियाटेक हेलियो जी ९९ प्रोसेसर रहेको छ । साथै स्मुद पर्फमेन्शका लागि दुवै स्मार्टफोनमा एक्सटेन्डेड र्याम ३.० रहेको छ जसले यी स्मार्टफोन दैनिक प्रयोगका लागि उत्कृष्ट छनोट बनाउने कम्पनीको भनाइ छ ।

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...