CG Electronics
IME Life
NIMB

आरविवि मर्चेन्टको सातौ वार्षिक साधारण सभा सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा संचालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्गकोे सातौ वार्षिक साधारसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी देवेन्द्ररमण खनालको अध्यक्षतामा साधारणसभा सोमबार सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०७८/०७९ मा ७.५ प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ ।

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको मर्चेन्ट बैकिङ्ग सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरूले पनि मर्चेन्ट बैकिङ्ग सेवा लिन सकिने वातावरण बनाउनु पर्ने बताए ।
मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटिएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिइरहेको बताए ।
साधारण सभामा आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडका संचालकहरु सरस्वती अधिकारी, पवन रेग्मी, दुर्गा कुमारी कंडेल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, विनयरमण पौडेल, बैंकका कम्पनी सचिव हेमराज खरेल, कम्पनी रजिष्ट्रार कार्यालयकी उपरजिष्ट्रार शेखरबाबु कार्की, महालेखा परीक्षक कार्यालयका कमल सिलवाल, आन्तरीक लेखापरीक्षक सिए एकराज सिग्देल, आरविवि म्युचल फण्डका लेखापरीक्षक सिए मुना प्रसाद लगायत मर्चेन्ट बैंकिङ्गका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई भेरियन्टमा उपलब्ध

क्रसफायरले नेपालमा लेटबी फ्लाइगन २२० सार्वजनिक, दुई...

वि.सं.२०८३ असार ३० मंगलवार १२:४१

  काठमाडौं । क्रसफायर नेपालले नेपाली बजारमा नयाँ लेटबी फ्लाइगन...

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा उजूरी दिन आह्वान

बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा प्राधिकरणमा...

वि.सं.२०८३ असार ३० मंगलवार १२:२८

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीमा कुनै...

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...