CG Electronics
IME Life
NIMB

एनसीसी कतारले कोष हिनामिना शीर्षकमा प्रकाशित समाचार प्रति आपत्ति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गैरआवासीय नोपाली संघ कतार (एनसीसी कतार)ले काठमाडौंबाट सञ्चालित एक अनलाइनले कोष हिनामिना शीर्षकमा प्रकाशित गरेको समाचार निराधार भन्दै आपत्ति जनाएको छ ।

मिति १ नोभेम्बर २०२२ का दिन नेपालको काठमाण्डौ स्थित अनामनगर कार्यलय भई सन्चालित अनलाइनमार्फत एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानद्वारा ठूलो घोटाला, द टनेल लन्ज एण्ड बारमा लगानी शिर्षक मा सम्प्रेषण समचारबाट एनसीसी कतारको गम्भीर ध्यानाकर्षण भएको आर्थिक बिभाग र कोषाध्यक्ष बिनोदप्रसाद बसौलाले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् ।

विज्ञप्ति
कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु साथै सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा हार्दिक नमस्कार!
विषय: एनसीसी कतारको कोष हिनामिना शिर्षकमा प्रकाशित समाचार सम्बन्धमा ।

मिति १ नोभेम्बर २०२२ का दिन नेपालको काठमाण्डौ स्थित अनामनगर कार्यलय भैइ सन्चालित दियो पोस्ट डटकम नामक अनलाइन मार्फत एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानद्वारा ठूलो घोटाला, द टनेल लन्ज एण्ड बारमा लगानी शिर्षक मा सम्प्रेषण समचारबाट एनसीसी कतारको आर्थिक बिभाग र कोषाध्यक्षको पदिय हैसियतले गम्भीर ध्यानाकर्षण भएको सबैमा जानकारी गराउदछु।

 

एनसीसी कतारको पदिय जिम्मेवारी बहन गर्ने क्रममा कोष र सो सम्बन्धि विषयमा मेरो कार्यसम्पादन र कोषको आर्थिक पारदर्शितामा म सधै सजक रहेको र सम्पुर्ण आर्थिक अभिलेख चुस्त दुरुस्त राख्ने मेरो प्रमुख प्राथमिकता रहेको हुनेछ।

प्रकाशित समाचारमा उल्लेख गरिएको विषयबस्तु र आर्थिक हिनामिना र अपचलनमा कुनै सत्यता नरहेको सबैमा स्पष्ट पार्दछु। एनसीसी कतारले सप्पन्न गरेको दोस्रो परिषद भेला (बार्षिक भेला)मा कोषको सम्पूर्ण प्रतिबेदन प्रस्तुत भैइ सम्मानित भेलामा बृहत् छलफल पश्चात् पारित प्रतिबेदन एनसीसीले आफ्नो अफिसियल वेबसाईट मार्फत पनि सार्बजनिक गरेको सबैलाई सर्बबिदितै छ। संस्था र संस्थामा पदिय जिम्मेवार भुमिका निभाईरहेका ब्यक्तिहरुको नाम जोडि कपोकल्पित र आधारहिन शिर्षक दिएर ब्यक्तिगत चरित्र हत्या गर्ने र समाजमा अफवाह फैलाउन यो प्रपोगण्डा रचिएको भन्ने कुरामा कुनै दुईमत छैन ।

कोषाध्यक्षको हैसियतले एनसीसी कतारको कोष अहिले सम्म सुरक्षित र समाचारमा भनिए जस्ता कुनै विषयमा दुर दुर सम्म सम्बन्ध नरहेको सबैमा पुन जानकारी गराउदछु।
एनसीसी नेतृत्व द्वारा ब्यक्तिगतरुपमा संचालित ब्यावसायमा एनसीसीको कुनै आर्थिक सम्लगनता नरहेको र म स्वयं पनि उक्त ब्यावसायमा कहि कतै नजोडिएको र ब्यावसायिक साझेदारी नरहेको सबैमा जानकारी गराउदछु।

एनसीसीको बिधानत जतिपनी आर्थिक गतिविधिहरु हुन्छन हरेक कारोबारमा लेखा समिति जोडिएको हुनेछ र लेखापरीक्षण पछि मात्र प्रतिबेदनहरु प्रस्तुत हुने गर्दछ।

समाचारमा उठान गरिएको आईसीसीको परियोजना र सो सम्बन्धित आर्थिक हिनामिना भन्ने विषयमा यदि एनसीसी बाट त्यस्ता गतिविधि भएमा आईसीसीले कतारको एनसीसीको आर्थिक बेरुजी सार्बजनिक गर्ने थियो। यस्तै अक्सिजन सिलिन्डर सम्बन्धित विषयमा गलत मनसायले एनसीसीले पैसा रोकेर हिनामिना गरेको भए सम्बन्धित निकायबाट चुक्ता गर्न ताकेता गरेको सार्बजनिक हुने थियो।

आईसीसीकै अनुरोध र सल्लाहमा उक्त रकम अर्को परियोजनामा प्रयोग गर्न लागिएको विषय परिषद भेलामा सार्बजनिक भैइसकेको छ।

एनसीसीले आगामी परिषद भेलामा कोषको मौजुदा रकम, आयब्यय प्रस्तुत गर्नेछ कोषाध्यक्षको हैसियतले कोष सम्बन्धि सम्पूर्ण पारदर्शिता सहितको प्रमाणहरु प्रस्तुत गर्ने र कार्यकालको अन्तमा हस्तान्तरण गर्ने मेरो जिम्मेवारी हो र गर्नेछु।

यदि उक्त समयमा एनसीसीको कोष र सो सम्बन्धित विषयमा हिनामिना र अपचलन भएको ठहरिएमा त्यसको भागिदार र प्रचलित कानुन अनुसार भोग्नुपर्ने सजायको लागि पुर्ण रुपमा तयारी रहेको सबैमा जानकारी गराउदछु।

बेलाबेलामा एनसीसी सम्बन्धि विषयमा उठान भएको टीका टिप्पणीहरुमा एनसीसीले आफ्नो स्पष्टीकरण र धारणाहरु सार्बजनिक गर्दै आएको पुन सबैमा स्मरण गराउदछु।
अन्तमा मलाई प्रहार भएको झुट्टा आरोपहरुको खण्डन गर्दै एनसीसीको कोष सम्बन्धि आएका मिथ्या समाचारको विरुद्ध म स्वयं ब्यक्तिगत र कोषाध्यक्षको हैसियतले एनसीसी कतार कानुनी उपचारका लागि अघि बढ्ने जानकारी पनि गराउदछु।

यस्ता आधारहिन र झुट्टा समाचारले गरिमा बोकेको सामजिक संस्था र संस्थामा आवद्ध नेतृत्वहरुको चरित्र हत्या गर्न दुस्साहस गर्ने जो कोहि ब्यक्ती र समूह प्रती खेद प्रकट गर्दै यस्ता बेतुक र निराधार समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दै समाजमा भ्रम फैलाउन खोज्ने पित पत्रकारहरुलाई निरुत्साहित गर्न गराउन सहयोग गर्नुहुन सबैमा हार्दिक अपिल गर्दछु।

बिनोद प्रसाद बसौला
कोषाध्यक्ष
एनसीसी कतार

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...