Laxmi Sunrise Bank
Machhapuchchhre Bank
Everest Bank Limited

सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

Everest Bank
Nmb bank

Global IME Bank Limited
Laxmi Sunrise Bank
Machhapuchchhre Bank

 

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा सम्पन्न भएको हो ।

कम्पनीको सो सभाले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग एकआपसमा गाभ्ने, गाभिने तथा मर्जरमा जाने सम्बन्धि विशेष प्रस्ताव पारित गरेको छ । साथै सभाले ज्योति लाइफसँग गाभिएपश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ कायम गरी सो नामबाट जीवन बीमा ब्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

साथै दुवै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ः०.८२४५ (सूर्याको १ कित्ता शेयर बराबर ज्योतिको ०.८२४५ कित्ता) कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसबाहेक मर्जरपछि बन्ने कम्पनीको रजिष्टार्ड कार्यालय विराटनगर महानगरपालिका वडा नं. ७ विराटनगर, मोरङ्ग प्रदेश १ मा रहने तथा कर्पोरेट कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १ ३० ज्ञानेश्वर काठमाडौंमा रहने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, एक आपसमा गाभिएपश्चात कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यसबाहेक उक्त सभाले सामान्य प्रस्तावबमोजिम आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलपल गरी पारित गरेको छ । त्यस्तै, २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, लेखापरिक्षण समितिको सिफारिबमोजिम आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

 

City Express Money Transfer

ADBL
City Express Money Transfer
प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

प्रभु बैंकलाई ‘बैंक अफ दि इयर–२०२३’ को...

वि.सं.२०८० मंसिर १५ शुक्रवार ०९:३८

  काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’...

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:४४

  काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान्...

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत कोषद्वारा सहयोग

एशियन पेन्टस् नेपालले भूकम्प पीडित समुदायलाई राहत...

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३५

  काठमाडौं । गत कार्तिक १७ मा जाजरकोट, रुकुम र...

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा रमेश राज अर्याल नियुक्त

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:३२

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज...

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा गरे प्रतिज्ञा

एसबिआई बैंकका कर्मचारीले कम्प्युटर सुरक्षा दिवसको अवसरमा...

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:३०

    काठमाडौं । ‘कम्प्युटर सुरक्षा दिवस’ को अवसरमा नेपाल...

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

वि.सं.२०८० मंसिर १४ बिहीवार २१:२५

काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने...