CG Electronics
IME Life
NIMB

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

NIMB
Himalayan Bank

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्।

हिमालयन र सिभिल बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान ११ बजेबाट र सिभिल बैंकको १२ औँ वार्षिक साधारणसभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ।

हिमालयन बैंकको सभाबाट आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन हुनेछ। सिभिल बैंकको सभाबाट उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पारित हुनेछ।

 

दुवै बैंकले सभाबाट गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत हुनेछ। दुवै सभाले मर्जर प्रक्रिया निर्धारण गरिएको १ः०.८०२८ स्वाप रेसियो अर्थात सिभिल बैंकको १०० कित्ता सेयरबराबर उक्त कम्पनीका सेयरधनीहरुलाई हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने गरी स्वीकृत गर्नेछन्।

 

सिभिल बैंक प्राप्तिपश्चात बैंकको जारी तथा चुक्तपुँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व प्रतिशतसमेत परिवर्तन हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरुमा संशोधन गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गर्नेछ।

दुवै सभाले सिभिलबैंक प्राप्तिपश्चात हिमालयन बैंककै नाममा एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछन्। प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायतका नियमनकारी निकायबाट स्वीकृति लिने प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछ।

 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि हिमालयन बैंकले पुस १८ गतेदेखि पुस २८ गतेसम्म र सिभिल बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन क्रमशः पुस १७ र पुस १८ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध: नेपाली बालमस्तिष्कलाई विश्व मानचित्रमा चिनाउने प्रयास

युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५७

काठमाडौं। नेपालको डिजिटल रूपान्तरणको यात्रामा नयाँ पुस्ताका उदीयमान प्रतिभाहरूले नेतृत्व...

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई नेपालमा नाइमा मोबिलिटी प्रदर्शनी–२०२६ मार्फत सार्वजनिक गरिने

रेड डट डिजाइन अवार्ड विजेता चेरी क्यूलाई...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:४७

    चेरी क्यूले प्रतिष्ठित २०२५ रेड डट डिजाइन अवार्ड...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम, करिब १० हजार लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम,...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:३१

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — सिटिजन्स बैंक...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:२२

पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा नयाँ...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका...

वि.सं.२०८३ असार ३२ बिहीवार २१:१७

  काठमाडौँ, नेपाल | जुलाई १६, २०२६ — महालक्ष्मी विकास...