Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

Machhapuchchhre Bank Limited

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्।

हिमालयन र सिभिल बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान ११ बजेबाट र सिभिल बैंकको १२ औँ वार्षिक साधारणसभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ।

हिमालयन बैंकको सभाबाट आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन हुनेछ। सिभिल बैंकको सभाबाट उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश पारित हुनेछ।

 

दुवै बैंकले सभाबाट गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत हुनेछ। दुवै सभाले मर्जर प्रक्रिया निर्धारण गरिएको १ः०.८०२८ स्वाप रेसियो अर्थात सिभिल बैंकको १०० कित्ता सेयरबराबर उक्त कम्पनीका सेयरधनीहरुलाई हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने गरी स्वीकृत गर्नेछन्।

 

सिभिल बैंक प्राप्तिपश्चात बैंकको जारी तथा चुक्तपुँजी वृद्धि हुने तथा संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व प्रतिशतसमेत परिवर्तन हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न सम्बन्धित दफाहरुमा संशोधन गर्ने प्रस्तावलाई पनि सभाले अनुमोदन गर्नेछ।

दुवै सभाले सिभिलबैंक प्राप्तिपश्चात हिमालयन बैंककै नाममा एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछन्। प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्डलगायतका नियमनकारी निकायबाट स्वीकृति लिने प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछ।

 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि हिमालयन बैंकले पुस १८ गतेदेखि पुस २८ गतेसम्म र सिभिल बैंकले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ यी दुवै बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुन क्रमशः पुस १७ र पुस १८ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा निर्वाचित

सफल व्यवसायी मिलन बाबु मल्ल डिष्ट्रिक्ट ३२५...

वि.सं.२०८२ वैशाख ८ सोमवार ०८:४३

  काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आगामी...

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफामा वृद्धि, प्रतिशेयर आम्दानीमा सुधार

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:११

  काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो...

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९ बैंकको एनपिएल ५ प्रतिशत माथि

नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा बढ्दै, ९...

वि.सं.२०८२ वैशाख ८ सोमवार ००:०२

  काठमाडौँ। नेपाली बैंकिङ क्षेत्रमा ऋण असुलीको समस्या जटिल बन्दै...

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद वैशाख १७ सम्म बढ्यो

‘रिलायबल समृद्धि योजना’को इकाई खरिदको आवेदन म्याद...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:५२

  काठमाडौं । ‘रिलायबल समृद्धि योजना’को इकाई खरिदका लागि आवेदन...

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता शेयर बिक्रीमा

सानिमा रिलायन्सको १ लाख ७७ हजार कित्ता...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:४५

  काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख...

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको सद्भावनादूत

आईएमई लाइफले सुशिला रोकालाई बनायो बीमा योजनाको...

वि.सं.२०८२ वैशाख ७ आइतवार २३:३९

    काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सरल...