Dish Media Network
global ime bank
machapuchhare  bank

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । विश्व बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ‘ग्लोबल इकोनोमिक प्रस्पेक्टस्’ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२३ मा विश्वको तुलनामा नेपालको आर्थिक वृद्धि उत्साहजनक रहने प्रक्षेपण गरेको हो ।

 

विश्व बैंकले दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर तेस्रो स्थानमा रहने तथ्यांक सार्वजनिक गरेको छ । सबैभन्दा धेरै भारतको ६.९ प्रतिशतले आर्थिक वृद्धि हुने तथा बंगलादेशको ५.९ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । यसपछि नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकले जनाएको छ ।

 

यस्तै, भुटानको आर्थिक वृद्धिदर ४.१ प्रतिशतमा कायम रहने छ भने पाकिस्तानको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित रहनेछ । यसबाहेक श्रीलंकाको आर्थिक वृद्धिदर भने ऋणात्मक स्थितिमा जाने बताइएको छ । यसबाहेक, माल्दिभ्सको आर्थिक वृद्धिदर ८.२ प्रतिशतमा रहने प्रक्षेपण गरिएको छ ।

 

विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपणमा भनिएको छ, ‘आन्तरिक मागहरू घटेको कारणले दक्षिण एसियाको आर्थिक वृद्धिदर औसतमा रहनेछ । यसमध्ये भारत, बंगलादेश र नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सामान्यरूपमा अघि बढ्ने छ भने भुटानको समेत वृद्धिदर उत्साहजनक नै रहने छ ।’

 

गत वर्ष सन् २०२२ को तुलनामा भने नेपालको आर्थिक वृद्धिदर खुम्चिने भएको छ । गत वर्ष नेपालले ५.८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । यस्तै, सन् २०२१ मा नेपालले ४.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा आगामी वर्ष सन् २०२४ को आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

 

यही अवस्थामा सन् २०२३ मा विश्व अर्थतन्त्र भने मन्दीमा जाने सम्भावना देखिएको छ । विश्व बैंकले जारी गरेको प्रतिवेदन अनुसार सन् २०२३ मा विश्व अर्थतन्त्र जम्माजम्मी १.७ प्रतिशतले मात्रै सुधार हुने देखिएको छ । यसको तुलनामा दक्षिण एसियासहित नेपालको आर्थिक वृद्धिदर उत्साहजनक स्थितिमा देखिएको छ । तर, विश्व बैंकले गरेको प्रक्षेपण आगामी दिनमा तलमाथि समेत हुन सक्नेछ ।

 

विश्व बैंकले यो वर्ष विश्वको अर्थतन्त्र सन् २००९ कै जस्तो मन्दीमा जान सक्ने प्रक्षेपण गरेको छ । कोभिड–१९ महामारीका कारणले विश्वभर आर्थिक समस्या आइरहेको छ । यस्तै, अर्थतन्त्र बचाउन भन्दै विश्वभरका केन्द्रीय बैङ्कहरूले ब्याजदर बढाउँदा आन्तरिक माग र रोजगारी घटेको छ । जसले सन् २०२३ दुखदायी बन्ने सम्भावना देखिएको छ ।

 

ADBL
prabhu bank

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४८

  काठमाडौं । निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री...

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब सरकार विरुद्धको आन्दोलन आवश्यक छ : उमेशलाल श्रेष्ठ

व्यवसायीमा माग सम्बोधन नहुने हो भने अब...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:४३

  पोखरा । सरकारले व्यवसायीको माग सम्बोधन नगरेको भन्दै अब...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ: पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ:...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:३२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा

माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०७

    काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय...

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:०१

        काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि...