prabhu bank
globalime bank
machapuchhare  bank

भारतको नोयडामा अटो एक्स्पो सम्पन्न, एक्स्पोमा नेपाली अटो व्यवसायी पनि अवलोकनमा सहभागी

RBB
नेपाल इलेक्ट्रिक पावर लाइट्स् तथा नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

काठमाडौं । भारतको इन्डिया एक्स्पो मार्ट, ग्रेटर नोइडा, दिल्लीमा पुस २९ देखि सुरु भएको १६औँ अटो एक्स्पो २०२३ आज समापन भएको छ। उक्त एक्स्पोमा नेपाली अटो व्यवसायी पनि अवलोकनमा सहभागी भएका थिए।

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले प्रदर्शनीको अवलोकन भ्रमण गरेको हो। नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित १ सय ५० भन्दा बढी सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए।

 

सो प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनुफेकचरिङ एसोसिएसनले शोका दौडान पहिलो पटक पुस ३० गते आयोजना गरेको अटो ट्रेड डायलगमा नाडाका अध्यक्ष थापाले नेपालको अटोमोबाइल क्षेत्रको चुनौती र समस्याहरुका बारेमा आफनो धारणा राखेका थिए। नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाली अटो बजार र नीतिगत अवस्थाबारे विशेष प्रस्तुति दिएका थिए।

 

त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एसोसिएसनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोबाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एसोसिएसनका अध्यक्ष अब्दुल मतलुब अहमदले समेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरु बारे चर्चा गरेका थिए। सो डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भीई कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभीले गरेका थिए। सो डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति रहेको थियो।

 

त्यसैगरी सियामले पुस २८ गते सोही स्थानमा पहिलो पटक आयोजना गरेको ईभी डिस्कसन कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा तथा यमुना श्रेष्ठ सहभागी भएका थिए। सियामले नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सो डायलग र डिस्कसन कार्यक्रमहरुमा सहभागी भई आफ्नो धारणाहरु राखिदिन निमन्त्रणा समेत गरेको थियो ।

 

kumari bank
prabhu bank

महिन्द्राको एक्सयूभी ७०० नेपालमा सार्वजनिक

महिन्द्राको एक्सयूभी ७०० नेपालमा सार्वजनिक

वि.सं.२०७९ माघ १६ सोमवार २१:५०

    काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी–...

फोटोनको १४ र १७ सिटर  इलेक्ट्रिक  भ्यान काठमाडौँमा

फोटोनको १४ र १७ सिटर  इलेक्ट्रिक  भ्यान...

वि.सं.२०७९ माघ १४ शनिवार ११:२१

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको इलेक्ट्रिक भ्यान...

Foton Motors brings sustainable transportation to Kathmandu with launch of electric 14 and 17 Seater passenger vans   

Foton Motors brings sustainable transportation to Kathmandu...

वि.सं.२०७९ माघ १४ शनिवार ११:१८

  MAW Vridhi Commercial Vehicles Pvt. Ltd is excited to...

 धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

 धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

वि.सं.२०७९ माघ १४ शनिवार १०:१८

  काठमाडौं । हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधा...

स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु

स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा...

वि.सं.२०७९ माघ १२ बिहीवार ००:०३

  काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले...

गाडी किन्नेलाई बैंकको ऋण सीमा बढाइदिन अर्थमन्त्रीलाई नाडाको आग्रह

गाडी किन्नेलाई बैंकको ऋण सीमा बढाइदिन अर्थमन्त्रीलाई...

वि.सं.२०७९ माघ ११ बुधवार २३:४५

    काठमाडौँ । नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको एक...